स्याङ्जा —१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा स्याङ्जा प्रहरीले सवारीचालकलाई पक्राउ गरेको छ । अर्जुनचौपारी गाउँपालिका–२ का २८ वर्षीय सूर्य परियारलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनलाई जिल्ला अदालत कास्कीमा बिहीबार जबरजस्ती करणी मुद्दा दर्ता गरी १० दिनको म्याद थप गरिएको सूचना अधिकारी प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिए ।
घटना गत वैशाखको हो । गाउँमै जिप चलाउँदै आएका सूर्यले बालिकालाई डर धम्की देखाएर बलात्कार गरेको भन्दै पीडितको आमाले बुधबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । उजुरीको आधारमा प्रहरीले परियारलाई सोही दिन पक्राउ गरी नियन्त्रणमा लिएको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।


