• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, कार्तिक ३०, २०८२ | Saturday 15th November 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण
  • ४ घण्टा अगाडि

गर्भपतन गराउने किशोरीमा चुनौती कायमै
  • ४ घण्टा अगाडि

अभियुक्तलाई उन्मुक्ति दिएको आरोप
  • ४ घण्टा अगाडि

‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न
  • ४ हप्ता अगाडि

डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार
  • १ महिना अगाडि

सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना
  • १ महिना अगाडि

स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार
  • १ महिना अगाडि

पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी
  • १ महिना अगाडि

धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी
  • १ महिना अगाडि

Advertisement

बाँदरले दुःख दिएपछि कृषक कफीखेतीमा आकर्षित

  •  संवाददाता
  • सोमबार, कार्तिक १९, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ लिलाचोकमा कफीको नर्सरी स्थापना गरिएको छ। बाँझो रहेका जमिनलाई उत्पादनसँग जोड्न कफीखेती गर्ने अभियानसहित कृषि सहकारी संस्थाले यहाँ कफीको नर्सरी स्थापना गरेको हो।

    शुक्लागण्डकी नगरपालिका र राष्ट्रिय चिया तथा कफी विकास बोर्डसँगको सहकार्यमा दश हजार कफीको बिरुवा उत्पादन भइरहेको सहकारीका अध्यक्ष मनराज गुरुङले जानकारी दिए। युवापुस्तामा कफीप्रति अत्यधिक आकर्षण रहेकाले बजारको माग सम्बोधनका लागि यहाँ कफी उत्पादन गर्ने लक्ष्य राखिएको गुरुङले बताए। उनले भने, ‘युवा पुस्तामा कफीको आकर्षण बढ्दो छ । आफ्नै माटोमा जीवन देख्नुपर्छ भन्ने सोच बोकेका कृषकलाई कफीका बिरुवा वितरण गर्छौं।’

    किसानले उत्पादन गरेको कफी बिक्रीका लागि बजारीकरणको व्यवस्थासमेत सहकारीले गरिदिने उनको भनाइ छ। ‘हामी कफीका बिरुवा मात्रै वितरण गर्दैनौं, कफी उत्पादन भएपछि बिक्रीको जिम्मा समेत लिन्छौं,’ उनले भने, ‘एक किलो होस् वा एक सय किलो बिक्री भएपछि बजारको चिन्ता लिनु पर्दैन।’

    गुरुङले सबैभन्दा चाँडो उत्पादन लिन सकिने र बाँदरबाट कम क्षति हुने कफीखेतीलाई प्रोत्साहन गरिएको बताए। शुक्लागण्डकी नगरपालिकाभित्र बाँझो रहेका जमिनको सदुपयोग गर्न र बसाइसराइँ रोक्दै आयआर्जनमा जोड्ने उद्देश्यसहित कफीखेती अभियान थालिएको शुक्लागण्डकी नगरपालिकाका कृषि शाखा प्रमुख नवराज पण्डितले जानकारी दिए। ‘यहाँ उत्पादन हुने कफीले युवाहरुको कफीप्रतिको मोहलाई सम्बोधन गर्न सक्नेछ,’ उनले भने।

    नगरपालिकाले गत वर्ष पाँच हजार कफीका बिरुवा वितरण गरेको थियो। यस वर्ष दश हजार बिरुवा वितरण गरिनेछ। बाँझो जमिनको उपयोग गर्दै उत्पादनसँग जोड्ने उद्देश्यले शुक्लागण्डकी नगरपालिकाको चालु आर्थिक वर्षमा रहेको युवासँग उपप्रमुख कार्यक्रममार्फत शुक्लागण्डकीमा उत्पादन केन्द्रित अभियान सञ्चालन गरिएको हो।

    शुक्लागण्डकीको आठ सय मिटरदेखि एक हजार चार सय मिटर उचाइसम्मको पाखो जमिनमा कफीको व्यावसायिक खेतीको सम्भावना रहेकाले किसानलाई कफीखेतीतर्फ प्रोत्साहन गरिएको पण्डितको भनाइ छ। यस अगाडि किसानले उत्पादन गरेका कफी कास्की, स्याङ्जालगायत जिल्लामा बिक्रीवितरण गरिएकामा आगामी वर्षदेखि कृषि बहुउद्देश्यीय सहकारी संस्थासँगको समन्वयमा किसानको उत्पादनलाई उचित मूल्यमा बजारीकरण गरिने उनको भनाइ छ।

    बाँदर लगायतको वन्यजन्तुबाट कम क्षति हुने र पाखो बाँझो जमिनमा कफीखेतीको राम्रो सम्भावना रहेको हुँदा आगामी वर्ष दोब्बर बिरुवा वितरण गर्नेगरी तयारी गरिएको छ।

    सोमबार, कार्तिक १९, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न
    डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार
    स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार
    • भर्खरै
    • चर्चित
    • १.
      दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण

    • २.
      गर्भपतन गराउने किशोरीमा चुनौती कायमै

    • ३.
      अभियुक्तलाई उन्मुक्ति दिएको आरोप

    • ४.
      ‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न

    • ५.
      डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार

    • ६.
      सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना

    • ७.
      स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार

    • ८.
      पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी

    • ९.
      धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी

    • १०.
      २२ वर्षपछि भियतनामसँग भिड्दै नेपाल

    • १.
      अभियुक्तलाई उन्मुक्ति दिएको आरोप

    • २.
      गर्भपतन गराउने किशोरीमा चुनौती कायमै

    • ३.
      दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.