धनगढीः कैलालबाट अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीको फैसलाले अपहरण तथा शरीर बन्धक मुद्दामा ३ वर्ष कैद सजाय र ३० हजार जरिवाना तोकिएको कैलारी गउँपालिका–८ बस्ने ४४ वर्षीय प्रताप सिंह चौधरी पक्राउ परेका हुन्। चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलवार उनकै घरबाट पक्राउ गरेको हो।