काठमाडौँ – काठमाडौँस्थित गुहेश्वरीमा छठ पर्व मनाइँदै छ । राष्ट्रपति रामचन्द्र पौडेल पनि आज छठका अवसरमा पूजाआराधना गर्न त्यहाँ पुगेका हुन् ।
चार दिवसीय छठको पहिलो दिन नहाई खाई दोस्रो दिन खरना, तेस्रोदिन अस्ताउँदो सूर्यलाई अघ्र्य तथा चौथो दिन उदाउँदो सूर्यलाई अघ्र्य दिने परम्परा रहेको छ ।
छठमा केरा भुसबा ठेकुवा नरिवल उखु मुला सहित विभिन्न फलफूल लिएर भक्तजनहरूले सूर्य लाई अघ्र्य दिने गर्छन् ।
छठको पूजा पोखरी र नदीमा मात्र हुने गर्छ ।
छठको व्रत बस्नाले दुःख कलेसबाट मुक्ति, सन्तान प्राप्ति, चर्मरोग निको हुने र पारिवारिक सुख शान्ति रहने जन विश्वासको साथ छठ पर्व मनाउने गरिन्छ ।


