कैलाली – कैलालीको धनगढीमा होटेलको जग खन्ने क्रममा बम भेटिएको छ । धनगढी उपमहानगरपालिका(३ विशालनगरमा शुक्रबार सिद्वार्थ होटेलको भवनको जग खन्ने क्रममा बम भेटिएको हो ।
भेटिएको उक्त बम शनिबार बिहान निस्क्रिय पारिएको प्रहरीले जनाएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त बमलाई निष्क्रिय पारेको कैलालीका एसपी पदमबहादुर विष्टले बताए ।
खिया लागेको अवस्थामा भेटिएको बम द्वन्द्वकालीन हुनसक्ने प्रहरीको अनुमान छ ।