डिभिजनल वन अधिकृत रामचन्द्र कडेल डिभिजन वन कार्यालय पहलमानपुरमा हाजिर भएका छन्। डिभिजन वन कार्यालय धनगढीबाट सरुवा भएपछि कँडेल डिभिजन वन पहलमानपुरमा हाजिर भएका हुन् ।
डिभिजन वन कार्यालय कैलालीको करिव १४ महिनाको कार्यकाल पुरा गरी डिभिजन वन कार्यालय पहलमानपुर पुगेका कँडेललाई कार्यालयमा स्वागत गरिएको छ ।
कार्यालयमा हाजिर भए लगत्तै कर्मचारीहरूका बीचमा बैठक राखी कडेलले कार्य शुभारम्भ गरेका हुन् । धनगढीमा रहँदा सहयोग गर्ने सम्पूर्ण कर्मचारी र सेवाग्राहीलाई आभार प्रकट गर्दै कडेलले पहलमानपुरमा पनि कर्मचारी र सेवाग्राहीबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।