• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बिहिबार, जेठ ०९, २०८२ | Thursday 22nd May 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

शेयर बजार १९ अङ्कले बढेर २ हजार ६ सय ८८ विन्दुमा, काराेबार रकम भने घट्याे
  • ७ घण्टा अगाडि

दार्चुलामा ४० वर्षीय युवक मृत फेला
  • ७ घण्टा अगाडि

सुदूरपश्चिम प्रदेशका पर्यटन राज्यमन्त्री चौधरीको घरमा चोरी
  • ७ घण्टा अगाडि

सरकारी कामकाजको भाषा निर्धारणको गृहकार्य भइरहेछ : उपकुलपति डा. जोशी
  • १४ घण्टा अगाडि

प्राधिकरणले भारतमा बिजुली निर्यात शुरू गर्‍याे
  • १५ घण्टा अगाडि

वन मुद्दा र चेक अनादरमा कैलालीका ३ जना पक्राउ
  • १५ घण्टा अगाडि

कञ्चनपुरका टमटा खैरो हेरोइनसहित पक्राउ
  • १५ घण्टा अगाडि

डडेल्धुरामा हावाहुरीले घरमाथि रूख ढल्दा महिलाको मृत्यु
  • १ दिन अगाडि

निसर्ग अस्पतालले गर्यो दृष्टि फाउन्डेशनलाई पाँच लाख सहयोग
  • १ दिन अगाडि

परिवारसँगै बस्छन् संक्रमित

  •  संवाददाता
  • आइतबार, जेठ ०९, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    अछाम — मंगलसेन नगरपालिका–५ का २३ वर्षीय युवकलाई कोरोना पुष्टि भयो । स्वाब दिएको एक सातापछि मात्रै उनको रिपोर्ट आयो । उनी स्वाब दिएको दिनपछि परिवारसँग घुलमिल भएर बसेका थिए ।

    कोरोनाको लक्षण देखिएपछि घरमै बसिरहेकी अछाम मंगलसेन–५ की एक महिला । तस्बिर स् मेनुकारकान्तिपुर
    उनलाई ज्वरो आउने, टाउको दुख्ने, हातखुट्ट गल्ने, खोकी लाग्ने समस्या थियो । उनलाई यी लक्षण देखा परेको तीन दिनपछि आमा र भाइलाई पनि उस्तै लक्षण देखियो । तर उनीहरूले भने कोरोना परीक्षण गरेनन् ।

    ‘त्यति धेरै गाह्रो थिएन, शंका लागेर पीसीआर गराएको हुँ । घरमा सबै जनासँगै थियौं,’ उनले भने, ‘रिपोर्ट पोजिटिभ आएपछि मात्रै ७ दिनसम्म छुट्टै बसे । तर कसैले के कस्तो अवस्था छ । घरमा अरूको अवस्था के छ भनेर पनि सोध्नन् ।’ आमा र भाइलाई केही दिनसम्म गाह्रो भए पनि परीक्षण नगरेरै निको भएजस्तो लागेको ती युवाले बताए । गाउँमा आफूलाई जस्तै लक्षण धेरै जनालाई देखिएको तर सबै परीक्षणको पहुँचमा नभएको उनको भनाइ छ ।

    मंगलसेन–७ की ३३ वर्षीया महिलालाई ५ दिनअघि कोरोना संक्रमण पुष्टि भयो । पहिलो चरणमा कोरोना संक्रमणका बखत परिवार र समुदायमा फैलिन नदिन पीसीआर परीक्षण गराएर अलग्गै बस्ने, पोजिटिभ आएमा वडा तथा नगरले बनाएका आइसोलेसनमा पठाउने गरेको उनले थाहा पाएकी थिइन् । तर यो पटक भने उनी आफैं संक्रमण हुँदा पनि घरमा बसिरहेकी छन् । ‘ठूलाठूला घर भएकालाई पो होम आइसोलेसनमा बस्न सजिलो छ । सानो घर छ । एकै धारा, एकै शौचालय प्रयोग गर्नैपर्छ । जति अलग्गै बस्छु भने पनि आफ्नो परिवारभित्र टाढा हुन सकिएको छैन,’ उनले भनिन्, ‘गाउँमा बसेका कतिपय संक्रमित जंगलमा शौच गर्न जान्छन् । यसले समाजमा अर्को महामारी फैलिने डर छ ।’

    होम आइसोलेसन भनेर परिवारसँग बसेका कोरोना संक्रमितबाट गाउँमा संक्रमण फैलिएको उनको भनाइ छ । ‘कतिपय कोरोना संक्रमितलाई लक्षण छैन । तर उनीहरूका परिवारलाई कोरोनाको लक्षण छ । परीक्षण गर्‍यो भने गाउँमा धेरैजसोलाई संक्रमण देखिन्छ,’ ती संक्रमित महिलाले भनिन्, ‘कम्तीमा लक्षण देखिएका परिवारका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने हो ।’ घरघरमा संक्रमित भए पनि उनीहरूलाई परीक्षण गर्नेबारे केही थाहा नभएको उनले बताइन् । ‘संक्रमितको अवस्था के छ भनेर कसैले सोध्दैनन् । परीक्षण झन् कसले गर्छ र रु’ उनले प्रश्न गरिन् ।

    मंगलसेन–५ की ६५ वर्षीया वृद्धालाई कोरोना भाइरसकै लक्षण छन् । तर उनलाई कहाँ गएर जाँच गर्ने भन्ने जानकारी छैन । ‘पहिले पहिले ज्वरो आउँदा, रुघा लाग्दा केही डर हुँदैन थियो । तर अहिले कोरोना लाग्यो कि जस्तो लाग्छ,’ उनले भनिन्, ‘तर चेक गराउन कहाँ जानुपर्छ भन्ने मलाई केही थाहा छैन ।’

    भारतबाट धेरै नेपाली अछाम फर्केका बेला उनीहरूलाई क्वारेन्टाइन र संक्रमितलाई आइसोलेसनमा राखेको भए समुदायमा संक्रमण फैलिन नपाउने स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशी बताउँछन् । ‘अहिले अछाममा जति पनि संक्रमित छन् । उनीहरूलाई केही न केही लक्षण छ । लक्षण भएकाहरू मात्रै परीक्षण गराइरहेका छन्,’ उनले भने, ‘गाउँगाउँमा खोज्दै र कन्ट्याक्ट ट्रेसिङ गर्ने हो भने धेरै संख्यामा अछाममा कोरोना संक्रमित बढ्छन् ।’ लक्षण देखिएका संक्रमितलाई कोरोना परीक्षणका लागि स्वास्थ्य संस्थामा सम्पर्क राख्न भनिएको उनले बताए ।

    आइतबार, जेठ ०९, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शेयर बजार १९ अङ्कले बढेर २ हजार ६ सय ८८ विन्दुमा, काराेबार रकम भने घट्याे
    दार्चुलामा ४० वर्षीय युवक मृत फेला
    सुदूरपश्चिम प्रदेशका पर्यटन राज्यमन्त्री चौधरीको घरमा चोरी
    • भर्खरै
    • चर्चित
    • १.
      शेयर बजार १९ अङ्कले बढेर २ हजार ६ सय ८८ विन्दुमा, काराेबार रकम भने घट्याे

    • २.
      दार्चुलामा ४० वर्षीय युवक मृत फेला

    • ३.
      सुदूरपश्चिम प्रदेशका पर्यटन राज्यमन्त्री चौधरीको घरमा चोरी

    • ४.
      सरकारी कामकाजको भाषा निर्धारणको गृहकार्य भइरहेछ : उपकुलपति डा. जोशी

    • ५.
      प्राधिकरणले भारतमा बिजुली निर्यात शुरू गर्‍याे

    • ६.
      वन मुद्दा र चेक अनादरमा कैलालीका ३ जना पक्राउ

    • ७.
      कञ्चनपुरका टमटा खैरो हेरोइनसहित पक्राउ

    • ८.
      डडेल्धुरामा हावाहुरीले घरमाथि रूख ढल्दा महिलाको मृत्यु

    • ९.
      निसर्ग अस्पतालले गर्यो दृष्टि फाउन्डेशनलाई पाँच लाख सहयोग

    • १०.
      लगातार ६दिन कारोबार घटेको शेयर बजार आज १९ अङ्कले बढ्यो

    • १.
      कैलालीमा बालुवा भित्र सालको काठ बेवारिसे अवस्थामा बरामद

    • २.
      साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू

    • ३.
      बाँकी क्रान्ति पूरा गर्न २५/३० वर्षको युवा जसरी देश दौडाहामा छु : प्रचण्ड

    • ४.
      महालक्ष्मी विकास बैंकद्वारा क्रेडिट कार्ड भुक्तानीमा ईएमआई सुविधाको शुभारम्भ

    • ५.
      कैलालीमा लागूऔषधसहित तीन जना पक्राउ

    • ६.
      कर्णाली नदीमा एक जना बेपत्ता

    • ७.
      विधेयक, २०८१ पारित भएको खुसीयालीमा गेटामा दीप प्रज्वलन

    • ८.
      बैतडीमा २ महिला माथि धारिलो हतियार प्रहार

    • ९.
      कैलालीमा हावाहुरीका कारणले रूख ढलेर गम्भीर घाइते शिक्षकको मृत्यु

    • १०.
      बाजुरामा जिप दुर्घटना हुँदा ६ जना घाइते

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.