• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बिहिबार, माघ ३०, २०८२ | Thursday 12th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
  • १ दिन अगाडि

एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
  • ४ दिन अगाडि

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • ६ दिन अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • ६ दिन अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • ७ दिन अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • ३ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ४ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

Advertisement

परिवारसँगै बस्छन् संक्रमित

  •  संवाददाता
  • आइतबार, जेठ ०९, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    अछाम — मंगलसेन नगरपालिका–५ का २३ वर्षीय युवकलाई कोरोना पुष्टि भयो । स्वाब दिएको एक सातापछि मात्रै उनको रिपोर्ट आयो । उनी स्वाब दिएको दिनपछि परिवारसँग घुलमिल भएर बसेका थिए ।

    कोरोनाको लक्षण देखिएपछि घरमै बसिरहेकी अछाम मंगलसेन–५ की एक महिला । तस्बिर स् मेनुकारकान्तिपुर
    उनलाई ज्वरो आउने, टाउको दुख्ने, हातखुट्ट गल्ने, खोकी लाग्ने समस्या थियो । उनलाई यी लक्षण देखा परेको तीन दिनपछि आमा र भाइलाई पनि उस्तै लक्षण देखियो । तर उनीहरूले भने कोरोना परीक्षण गरेनन् ।

    ‘त्यति धेरै गाह्रो थिएन, शंका लागेर पीसीआर गराएको हुँ । घरमा सबै जनासँगै थियौं,’ उनले भने, ‘रिपोर्ट पोजिटिभ आएपछि मात्रै ७ दिनसम्म छुट्टै बसे । तर कसैले के कस्तो अवस्था छ । घरमा अरूको अवस्था के छ भनेर पनि सोध्नन् ।’ आमा र भाइलाई केही दिनसम्म गाह्रो भए पनि परीक्षण नगरेरै निको भएजस्तो लागेको ती युवाले बताए । गाउँमा आफूलाई जस्तै लक्षण धेरै जनालाई देखिएको तर सबै परीक्षणको पहुँचमा नभएको उनको भनाइ छ ।

    मंगलसेन–७ की ३३ वर्षीया महिलालाई ५ दिनअघि कोरोना संक्रमण पुष्टि भयो । पहिलो चरणमा कोरोना संक्रमणका बखत परिवार र समुदायमा फैलिन नदिन पीसीआर परीक्षण गराएर अलग्गै बस्ने, पोजिटिभ आएमा वडा तथा नगरले बनाएका आइसोलेसनमा पठाउने गरेको उनले थाहा पाएकी थिइन् । तर यो पटक भने उनी आफैं संक्रमण हुँदा पनि घरमा बसिरहेकी छन् । ‘ठूलाठूला घर भएकालाई पो होम आइसोलेसनमा बस्न सजिलो छ । सानो घर छ । एकै धारा, एकै शौचालय प्रयोग गर्नैपर्छ । जति अलग्गै बस्छु भने पनि आफ्नो परिवारभित्र टाढा हुन सकिएको छैन,’ उनले भनिन्, ‘गाउँमा बसेका कतिपय संक्रमित जंगलमा शौच गर्न जान्छन् । यसले समाजमा अर्को महामारी फैलिने डर छ ।’

    होम आइसोलेसन भनेर परिवारसँग बसेका कोरोना संक्रमितबाट गाउँमा संक्रमण फैलिएको उनको भनाइ छ । ‘कतिपय कोरोना संक्रमितलाई लक्षण छैन । तर उनीहरूका परिवारलाई कोरोनाको लक्षण छ । परीक्षण गर्‍यो भने गाउँमा धेरैजसोलाई संक्रमण देखिन्छ,’ ती संक्रमित महिलाले भनिन्, ‘कम्तीमा लक्षण देखिएका परिवारका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने हो ।’ घरघरमा संक्रमित भए पनि उनीहरूलाई परीक्षण गर्नेबारे केही थाहा नभएको उनले बताइन् । ‘संक्रमितको अवस्था के छ भनेर कसैले सोध्दैनन् । परीक्षण झन् कसले गर्छ र रु’ उनले प्रश्न गरिन् ।

    मंगलसेन–५ की ६५ वर्षीया वृद्धालाई कोरोना भाइरसकै लक्षण छन् । तर उनलाई कहाँ गएर जाँच गर्ने भन्ने जानकारी छैन । ‘पहिले पहिले ज्वरो आउँदा, रुघा लाग्दा केही डर हुँदैन थियो । तर अहिले कोरोना लाग्यो कि जस्तो लाग्छ,’ उनले भनिन्, ‘तर चेक गराउन कहाँ जानुपर्छ भन्ने मलाई केही थाहा छैन ।’

    भारतबाट धेरै नेपाली अछाम फर्केका बेला उनीहरूलाई क्वारेन्टाइन र संक्रमितलाई आइसोलेसनमा राखेको भए समुदायमा संक्रमण फैलिन नपाउने स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशी बताउँछन् । ‘अहिले अछाममा जति पनि संक्रमित छन् । उनीहरूलाई केही न केही लक्षण छ । लक्षण भएकाहरू मात्रै परीक्षण गराइरहेका छन्,’ उनले भने, ‘गाउँगाउँमा खोज्दै र कन्ट्याक्ट ट्रेसिङ गर्ने हो भने धेरै संख्यामा अछाममा कोरोना संक्रमित बढ्छन् ।’ लक्षण देखिएका संक्रमितलाई कोरोना परीक्षणका लागि स्वास्थ्य संस्थामा सम्पर्क राख्न भनिएको उनले बताए ।

    आइतबार, जेठ ०९, २०७८ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
    एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    • भर्खरै
    • चर्चित
    • १.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    • २.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • ३.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ४.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ५.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ६.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ७.
      अत्यन्त जरुरी सूचना !!

    • ८.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ९.
      शर्मा पुरस्कृत

    • १०.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • १.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • २.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ३.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • ४.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ५.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.