राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने थप १५ दिन हिरासतमा रहने भएका छन् ।
सहरकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेमाथि कास्की जिल्ला अदालतले थप अनुसन्धान गर्न भन्दै १५ दिन म्याद थप गरेको हो ।
भीमलाल बेलबासेको इजलासले रविलाई अझै १५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।