धनगढीः कैलालीको गोदावरीमा सामुदायिक वनबाट एक युवक खैरो हेरोइनसहित पक्राउ परेका छन्।
गोदावरी नगरपालिका–४ खैराना सामुदायिक वनबाट गोदावरी नगरपालिका–७ बस्ने २३ वर्षीय जगत कठायत पक्राउ परेका हुन्। कठायतलाई १२० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले आइतवार पक्राउ गरेको हो।