• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बुधबार, कार्तिक २७, २०८२ | Wednesday 12th November 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न
  • ४ हप्ता अगाडि

डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार
  • ४ हप्ता अगाडि

सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना
  • ४ हप्ता अगाडि

स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार
  • १ महिना अगाडि

पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी
  • १ महिना अगाडि

धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी
  • १ महिना अगाडि

२२ वर्षपछि भियतनामसँग भिड्दै नेपाल
  • १ महिना अगाडि

ब्याज पाउने लोभमा आफ्नै पैसा पाउन हैरानी
  • १ महिना अगाडि

लोप हुदैँ मुङ्ग्रहवा नाच 
  • १ महिना अगाडि

Advertisement

सुदूरपश्चिम महोत्सव २२ देखि

  •   राज बोगटी
  • मङ्गलबार, मङि्सर ११, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    धनगढी,११ मंसिर
    सुदूरपश्चिम महोत्सवको १८ औँ संस्करण मङ्सिर २२ देखि धनगढीमा हुने भएको छ । मङ्गलवार पत्रकार सम्मेलन गर्दै उद्योग वाणिज्य सङ्घ कैलालीले महोत्सव बारे जानकारी दिएको हो । महोत्सवको उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई निम्तो दिएको छ । यद्यपि प्रधानमन्त्रीका तर्फबाट निर्णय आउन बाँकी छ । ‘हामी महोत्सवको आन्तरीक तयारीमा जुटेका छौँ। उद्घाटनका लागी प्रधानमन्त्रीलाई निम्तो दिएका छौँ। त्यहीँ समयमा उहाँको चिन भ्रमण लगायतका अन्य कार्यक्रम छन् । समय व्यवस्थापन गरेर खबर गर्छौँ भन्नु भएको छ,‘उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवरले भने ।

    २०६३ सालदेखि धनगढीमा निरन्तर आयोजना हुँदै आएको सुदूरपश्चिम महोत्सव धनगढी उपमहानगरपालिका वडा नं। १ पशुपति टोलमा मङ्सिर २२ देखी पुस २ गते सम्म सञ्चालन हुनेछ ।
    ३ करोडको लगानीमा सञ्चालन हुने महोत्सवमा १५ करोडको कारोबार हुने अनुमान गरीएको छ । सङ्घका महासचिव ओम बहादुर विष्टका अनुसार कृषि,जडीबुटी,हस्तकला ,फर्निचर,अटोमोवाइल्स,गार्मेन्ट,इलेकट्रोनिक,होटेल र सुचना प्रविधि गरी ५०० जति स्टलहरू रहने छन् । ती मध्ये हाल सम्म करिब ९५ प्रतिशत स्टल बुक भइसकेको छ र महोत्सवको करिब ७० प्रतिशत काम सम्पन्न भइसकेको छ ।
    यस्तो छ विज्ञप्ति

    सम्पुर्ण पत्रकार मित्रहरु
    प्रेस विज्ञप्ती

    सुदूरपश्चिम प्रदेशको पर्यटन, कृषि र उद्योग व्यापारको विकास तथा विस्तारका साथै संस्कृती र कलाको प्रवद्र्धन गर्दै यस क्षेत्रको समग्र विकासका सम्भावनाहरूलाई उजागर गरी आर्थिक,सामाजिक प्रतिकुलता र विषम सामाजिक परिस्थिति वाट गुज्रिरहेको उद्योग व्यवसायलाई पुर्नस्थापित गर्न महोत्सव उपलब्धि मुलक हुने विश्वास सहित कैलाली उद्योग बाणिज्य संघले २०६३ सालदेखि धनगढीमा आयोजना गरिरहेको सुदुरपश्चिम महोत्सवको १८ औ संस्करणको रुपमा यही मिति २०८१।८।२२ गते देखि २०८१।९।२ गते सम्म धनगढी उपमहानगरपालिका वडा नं। १ पशुपति टोलमा आयोजना गर्न लागीएको व्यहोरा सवैमा यसै पत्रकार सम्मेलन मार्फत जानकारी गराउन चाहान्छु ।

    वृहत व्यवसायीक कृषि प्रदर्शनी र कृषिमा आएको प्रविधि लाई व्यवसाय मा जोड्नको लागी प्रदर्शनीमा विशेष जोड दिएका छौ ।
    सास्कृतिक रुपमा धनी सुदुरपश्चिमको कला संस्कृतिको संरक्षण संगै यस क्षेत्रका कला संस्कृतिमा सम्भावना भएका र योगदान दिएका कलाकारहरुलाई स्टेजमा प्राथमिकता दिइने छ । यस क्षेत्रका उद्यमी व्यवसाय उत्पादनहरु लाई प्राथमिकता दिईने छ भने नेपाल भरी वाट आउने उद्योगी व्यवसायीहरुलाई सम्मानित रुपमा सहभागिता गराइएको छ ।
    सुदुरपश्चिमका परिकार सहितका महोत्सव स्थलमा खाना खाजाको स्टल रहने छन जसको सरसफाइ तथा उत्कृष्ट व्यवस्थापनको लागी सरोकार निकायहरु विच समन्वय गरिरहेका छौ ।

    महोत्सवमको व्यवसाय तथा दर्शकहरुको सुरक्षालाई ध्यान दिई विमा पनि गरिने छ भने भैपरि आउने विपदको पूर्व तयारीको लागी दमकल, प्राथमिक उपचार आदी तयारी अवस्थामा रहने छन् ।
    महोत्सवमा अनुमानित ३ करोडको लगानीमा उत्कृष्ट रुपमा सम्पन्न गरिने छ भने महोत्वस उद्योगी व्यवसायको १५ करोड वरावरको कारोवार हुने अनुमान गरेका छौ । यस सुदुरपश्चिम महोत्सव २०८१ मा कृषि,जडिवुटी,हस्तकला ,फर्निचर,अटोमोवाइल्स,गारमेन्ट,इलेक्टोनिकल,होटल र सुचना प्रविधि गरि ५०० जति स्टलहरु रहने छन भने करिव ९५ प्रतिशत स्टल वुक भइसकेको छ र महोत्सवको करिव ७० प्रतिशत काम सम्पन्न भइसकेको जानकारी गराउन चाहान्छु ।
    महोत्सवमा स्थानीय उत्पादन र महिला उद्यमीलाई प्रोत्साहन गरिएको छ भने यस वर्षको महोत्सवमा करिब ५ लाख व्यक्तिलेअवलोकन गर्ने अनुमान गरेका छौ। सुदुरपश्चिमवासीले गर्वका साथ पर्वको रुपमा मान्दै आएको सुदुरपश्चिम महोत्सव व्यापार व्यवसायको जगतमा उत्कृष्ट र अनुपम नमुनाको रुपमा रहने छ भन्ने विश्वास लिएका छौ । महोत्सवलाई भब्यरुपमा सम्पन्न गर्न मुल आयोजक समिति सहित २९ उप समिति रहेका छन जसमा सवैको उत्कृष्ट सहयोगले हामी सु।प। महोत्सव २०८१ भव्य रुपमा सम्पन्न गर्नेछौ ।

    सुरक्षाको दृष्ट्रिकोणले पूर्णरुपमा अत्याधुनिक सि सि क्यामराले निरिक्षण गरिनेछ भने निजि र सरकारी सुरक्षाकर्मीहरुको व्यवस्था गरिएको छ । वालवालिका र खेलमा रुचि भएका दर्शकहरुको रुचिलाई प्राथमिकता दिई यो महोत्सवमा नया एक्युरेअम पनि रहेको व्वहोरा जानकारी गराउन चाहान्छु ।

    यो महोत्सव सुदुरपश्चिमको आर्थिक विकासको लागी सम्भावनाहरुको खोजी गर्दे यस क्षेत्रको पर्यटन विकास,सास्कृतिक कला,खानपान,भाषाको संरक्षण गर्दे व्यवसायिक सफलता प्राप्त गरि जनताको गुणस्तरिय जिवनमा यो महोत्सव सहयोगी सावित हुनेछ भन्ने विश्वास लिएका छौ ।

    सम्वृद्ध सुदुरपश्चिम वनाउने अभियान अन्तरर्गत यो महोत्सव लाई १८ औ संस्करणको रुपमा सम्पन्न गर्न अगाडी वढीरहेका छौ ।
    अतः यो महोत्सव सवैको भएको हुदा सवै राजनितिक दल, सरकारी तथा गैर सरकारी संस्था,पत्रकार,विद्यार्थी, उद्यमी व्यवसायी हरुलाई आफनो आफनो तर्फवाट अधिकतम सहभागीता जनाई महोत्सवलाई सफल वनाईदिन हुन अनुरोध गर्दछु । सधैका संस्करणहरुमा झै १८ औ संस्करणमा पनि महोत्सवको टिकटको केही रकम सामाजिक क्षेत्रका विषयहरुमा छुट्टाइएको छ । सम्मृद्ध महिलाको लागी आर्थिक सामाजिक सशक्तिकरण को लागी प्रति टिकट रु।२ छुट्टाइएको छ भने प्रति टिकट रु। ५ रुपैया संघको विपद व्यवस्थापन कोषमा जम्मा गरिने छ ।

    त्यसै गरि सामाज विकासको चुनौतिको रुपमा रहेको लागु दुव्यसन विरुद्धको अभियानको लागी प्रति टिकट रु। १ छुट्टाइएको छ । महोत्सव अवलोकनको लागी विद्यार्थीलाई रु।५० टिकटदर राखिएको छ भने सर्वसाधारणलाई रु।१०० राखिएको छ भने जेष्ठ नागरिक र फरक क्षमता भएकालाई महोत्सवमा प्रवेश निशुल्क गरिने छ ।

    यो महोत्सव कैलाली उद्योग वाणिज्य संघको मात्र महोत्सव नभई सुदुरपश्चिमको पर्वरुपमा विकास भई सकेको हुदा सम्पूर्ण पत्रकार तथा संचारकर्मी, सवैवाट रचनात्मक सहयोग र सुझावको अपेक्षा गरेका छौ । यस १८ औ संस्करणमा मुख्य प्रायोजक कृर्षि विकास बैकं लि।,संरक्षक नेपाल उद्योग वाािणज्य महासंघ र नेपाल उद्योग वाािणज्य महासंघ सु प प्रदेश,मुख्य प्रवद्र्धक सुदुरपश्मि प्रदेश सरकार र प्रवद्र्धकका रुपमा कैलाली जिल्लाका सम्पुर्ण स्थानिय तह रहेको पनि यसै पत्रकार सम्मेलन मार्फत जानकारी गराउदछौ ।

    महोत्सवको प्रवद्र्धक,प्रायोजक वनी,स्टलमा आफनो उत्पादन प्रदर्शनीको लागी स्टल वुक गरी ,प्रचार प्रसार मा सहयोग गरी, टेन्ट निर्माण,सुरक्षा ,प्रभातफेरी,सास्कृतिक कार्यक्रममा सहभागी भई सहयोग गर्नहुन सवै लाई यसै पत्रकार सम्मेलन मार्फत हार्दिक आह्वान गर्न चाहान्छु । र अन्तमा सुदुरपश्चिम महोत्सव २०८१ अवलोकन गरौ,सहभागी वनौ र भब्यरुपमा सफल पारौ ।

    पुष्पराज कुंवर अध्यक्ष कैलाली उद्योग बाणिज्य संघ

    मङ्गलबार, मङि्सर ११, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न
    डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार
    सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना
    • भर्खरै
    • चर्चित
    • १.
      ‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न

    • २.
      डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार

    • ३.
      सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना

    • ४.
      स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार

    • ५.
      पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी

    • ६.
      धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी

    • ७.
      २२ वर्षपछि भियतनामसँग भिड्दै नेपाल

    • ८.
      ब्याज पाउने लोभमा आफ्नै पैसा पाउन हैरानी

    • ९.
      लोप हुदैँ मुङ्ग्रहवा नाच 

    • १०.
      किसानलाई बाली भित्र्याउन सकस

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.