• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बिहिबार, माघ ३०, २०८२ | Thursday 12th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
  • १ दिन अगाडि

एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
  • ४ दिन अगाडि

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • ६ दिन अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • ६ दिन अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • ७ दिन अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • ३ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ४ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

Advertisement

बहुचर्चित र बहुप्रतिष्ठित नेपाल प्रिमियर लिग क्रिकेट आजदेखि, क्रिकेटप्रेमी उत्साहित

  •  संवाददाता
  • शनिबार, मङि्सर १५, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाण्डौ – काठमाण्डौको कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा आज नेपाल प्रिमिएर लिग एनपीएल को भव्य शुभारम्भ हुँदैछ । पहिलोपटक एनपीएल शुरु हुन लाग्दा देश, विदेशका क्रिकेटप्रेमी उत्साहित छन् । हरेक क्रिकेटप्रेमीको ध्यान यतिखेर एनपीएलतिर केन्द्रित भएको छ । नेपाल क्रिकेट सङ्घ क्यान ले आयोजना गरेको पहिलो संस्करणको यस प्रतियोगिता सशक्त टिम र विश्व क्रिकेटका चर्चित खेलाडीको सहभागिताका कारण पनि बढी चर्चामा छ । क्रिकेट टिममा भइरहेको लगानी र आकर्षणले पनि नेपाली क्रिकेटप्रति सार्वजनिक चासो बढ्दो छ ।

    घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता एनपीएलमा आठ फ्रेञ्चाइज टिम विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाण्डौ गुर्खाज, पोखरा एभेन्जर्स, कर्णाली याक्स, लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । पहिलो संस्करणको एनपीएललाई खेलाडी, दर्शक र खेलसँग सम्बन्धित निकायले उत्तिकै महत्व दिएका छन् । आ–आफ्नो टिमको मनोबल बढाउन प्रदेश सरकारदेखि प्रायोजकले विभिन्न पुरस्कार राशीको घोषणा गरेका छन् ।

    विराटनगर किङ्ग्स

    कोशी प्रदेशको प्रतिनिधित्व गर्ने विराटनगर किङ्ग्सको नेतृत्व नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तानसमेत रहेका सन्दीप लामिछानेले गरेका छन् । कोशी प्रदेश सरकारले विराटनगर किङ्सले एनपीएलको उपाधि जितेमा ३० लाख रुपैयाँ दिने घोषणा गरेको छ । मुख्यमन्त्री हिक्मत कार्कीकाअनुसार आगामी दिनमा खेलकुदको विकासका लागि थप योजनाहरू अघि सारिनेछ । विराटनगरले विदेशी खेलाडीको रूपमा पाँच जना खेलाडीलाई अनुबन्ध गरेको छ । न्यूजिल्यान्डका मार्टिन गप्टिल यही टिमबाट खेल्दैछन् । यस्तै अफगानिस्तानका इस्मात आलमसहित ओमनका अकिब इल्यास, क्यानडा निकोलस किर्तोन र स्कटल्यान्डका क्रिस सोल पनि विराटनगर किङ्ग्समा अनुबन्ध भएका छन् ।

    विराटनगरमा स्वदेशी खेलाडीको रूपमा प्रतिश जिसी, बसिर अहमद लोकेश बम लगायत परिचित खेलाडी समावेश छन् । यस्तै जितेन्द्र मुखिया, सुवास भण्डारी, राजेश पुलामी मगर, अनिल खरेल, दीपक बोहरा, नरेन भट्ट र मिर्नाल गुरुङलाई पनि विराटनगरले अनुबन्ध गरेको छ । विराटनगरले ब्राण्ड एम्बासडरको रूपमा दयाहाङ राई र फेस अफ विराटनगर भनेर गायिका रचना रिमाललाई नियुक्त गरेको छ । एनपीएलको उद्घाटन खेलमा विराटनगरले जनकपुर बोल्ट्ससँग खेल्दै प्रतियोगिताको शुरुवात गर्दैछ । विराटनगर किङ्ग्सको मुख्य प्रशिक्षकमा केभिन ओ ब्रायन छन् रहेका छन् ।

    जनकपुर बोल्ट्स

    मधेश प्रदेशको राजधानी जनकपुरको नाममा नेपाल प्रिमियर लिग ९एनपीएल० का लागि जनकपुर बोल्ट्स बनेको छ । नेपाली राष्ट्रिय टोलीका ओपनर ब्याटर आसिफ शेखले टिमको नेतृत्व गर्दैछन् । उनीसँगै राष्ट्रिय टोलीकै अर्का ओपनर तथा विकेटकिपर अनिल शाह छन् भने स्पीनर ललित राजवंशी पनि टिममा समावेश छन् । नेपाल प्रिमियर लिगको उपाधि जिते जनकपुर बोल्ट्सले आफ्ना खेलाडीलाई जनही एक लाख रुपैयाँ दिने घोषणा गरेको छ । यस्तै फाइनल पुगेमा खेलाडीलाई ५० हजार रुपैयाँ दिने जनकपुरको अर्को घोषणा छ । मुख्य प्रायोजक एनडीए इन्टरनेसनलसँगको सम्झौतामा जनकपुरले खेलाडीका लागि पनि पुरस्कार दिने घोषणा गरेको हो । ‘एनपीएलका लागि जनकपुर बोल्ट्समा आबद्ध हुने मौका पाउनु हाम्रा लागि ठूलो सौभाग्य हो, एनडीएका प्रबन्ध निर्देशक अनुप घिमिरेले भन्नुभयो, ‘हाम्रो कम्पनी नेपालमा व्यवसाय गरी गुणस्तरीय उद्पादनसहित आएको छ, पछिल्ला केही वर्षमा यसले ठूलो इभेन्टसँग पनि आबद्ध हुँदै आएको छ । भविष्यमा अन्तर्राष्ट्रिय बजारमा जाने प्रयासमा रहेकाले एनपीएल र जनकपुर बोल्ट्सको साथ हामीलाई ठूलो प्लेटफर्म हुनेछ ।’

    जनकपुरले पाँचजना विदेशी खेलाडी अनुबन्ध गरेको छ जसमा न्युजिल्याण्डका चर्चित खेलाडीदेखि पाकिस्तानका अनुभवी खेलाडीसम्म छन् । जनकपुरले न्युजिल्याण्डका जिमी नीशम, पाकिस्तानका सोएब मकसुदसहित अमेरिकामा जोसुआ ट्रोम्प, मोहमद मोहसिन र लाहिरु मिलान्था अनुबन्ध गरेको छ । एनपीएलको आफ्नो पहिलो खेलमा आजजनकपुरले विराटनगर किङ्ग्ससँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । त्यसैगरी टिमको प्रशिक्षकमा राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक पुबुदु दासानायके छन् । उनले सन् २०११ देखि २०१५ सम्म नेपाल टिमको प्रशिक्षण सम्हालेका थिए । त्यसबेला नेपालले आईसीसी विश्व क्रिकेट लिग डिभिजन चारदेखि एकसम्मको यात्रा गरेको थियो भने सन् २०१४ मा बङ्गलादेशमा आयोजित टी–२० विश्वकपमासमेत छनोट भएको थियो ।

    काठमाण्डौ गुर्खाज

    संघीय राजधानी काठमाण्डौको नाममा काठमाण्डौ गुखार्जको टिम बनेको हो । नेपाली राष्ट्रिय टोलीका तिब्र बलर करन केसीले टिमको नेतृत्व गर्दैछन् । करनसँगै काठमाण्डौमा राष्ट्रिय टोलीबाट खेलिसकेका भीम सार्की, शाहब आलम, रसिद खान, राजु रिजाल छन् । काठमाण्डौले इङ्ल्यान्डको घरेलु क्रिकेटमा जमेका नेथन सोउटरदेखि नेदरल्यान्ड्सका उत्कृष्ट ब्याटर माइकल लेभिट र एसोसिएट क्रिकेट क्षेत्रका उत्कृष्ट खेलाडी जेहार्ड एरासमसलाई टोलीमा अनुबन्ध गरेको छ । इङ्ल्यान्डबाट नेथनसहित स्टेफन इस्किनाजी र ड्यान डौथवेटलाई पनि काठमाण्डौले समावेश गरेको छ ।

    काठमाण्डौमा सुमित महर्जन, शङ्कर राना, दीपेश कँडेल, कृष्ण कार्की, प्रतीक श्रेष्ठ र विवेक केसी पनि अनुबन्ध भएका छन् । काठमाण्डौले ब्राण्ड एम्बासडरको रूपमा महिला राष्ट्रिय टिमकी कप्तान इन्दु बर्मालाई नियुक्त गरेको छ । एनपीएलमा काठमाण्डौ गुखार्जले आफ्नो पहिलो खेलमा पर्सि सोमवार चितवन राइनोजसँग खेल्दै शुरुवात गर्दैछ । त्यसैगरी टिमको प्रशिक्षकमा बसन्त शाही रहेका छन् ।

    चितवन राइनोज

    चितवन राइनोज नेपाल प्रिमियर लिग ९एनपीएल० मा बाग्मती प्रदेशबाट सहभागी हुने दोश्रो टिम हो । राजधानी काठमाण्डौ र क्रिकेटमा चर्चा बटुलेको ठाउँ चितवन भएको हुँदा बाग्मती प्रदेशबाट दुई नामका टिमले सहभागिता जनाउन लागेका हुन् । चितवनका मार्की खेलाडीका रूपमा कुशल मल्ल रहेका छन् । एनपीएल क्रिकेटको टोली चितवन राइनोजले आफ्ना समर्थकका लागि निःशुल्क बस सेवा दिने भएको छ । चितवनबासी क्रिकेट समर्थकका लागि चितवन मेडिकल कलेजदेखि त्रिवि क्रिकेट मैदान र त्रिवि क्रिकेट मैदानदेखि चितवन मेडिकल कलेजसम्म दैनिक पाँच वटा निःशुल्क बसको व्यवस्था गरेको चितवन राइनोजले जनाएको छ । यो सेवा खेल हेर्नका लागि टिकट लिएका समर्थकहरूले लिन सक्ने र सबैलाई खाजाको व्यवस्था पनि गरिने चितवनले जनाएको छ ।

     

    राष्ट्रिय टोलीबाट लामो समय खेलेका ब्याट्सम्यान शरद भेषवाकर रिजन ढकाल र कमलसिंह ऐरी चितवनको टीममा छन् । तीव्र गतिका बलर अमरसिंह रौटेला, दीपेश श्रेष्ठसहित विकेटकिपर ब्याटरद्वय विपीन रावल र सन्तोष कार्कीसहित रञ्जित कुमार र गौतम केसीलाई अनुबन्ध गरेको छ । चितवन राइनोजले एनपीएलका लागि अहिलेसम्म पाँच जना विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ । दक्षिण अफ्रिकाका मार्चन्ड डे लाङ्ग, इङ्ल्यान्डका रवि बोपारा, इङ्ल्यान्डकै ल्यूक मार्टिन बेनकेन्स्टाइन, अफगानिस्तानका हसन इसाखिल र नामिबियाका जान निकोल लोफ्टी इटनलाई चितवनले अनुबन्ध गरेको हो । एनपीएलमा चितवनले आफ्नो पहिलो खेल पर्सि सोमवार काठमाण्डौ गुर्खाजसँग खेल्नेछ । चितवन राइनोजको मुख्य प्रशिक्षकमा नेपाली क्रिकेटलाई नजिकबाट नियालेका उमेश पटवाल रहेका छन् ।

    पोखरा एभेन्जर्स

    पोखरा एभेन्जर्स गण्डकी प्रदेशको राजधानी पोखराको नाममा बनेको टिम हो । पोखरा एभेन्जर्सका मुख्य तथा मार्की खेलाडी कुशल भुर्तेल छन् । कुशलसँगै पोखरामा राष्ट्रिय टिमबाट खेलिरहेका सागर ढकाल, आकाश चन्द लगायतका खेलाडी अनुबन्ध भएका छन् । यस्तै किरणकुमार ठगुन्ना, नारायण जोशी, विपिन खत्री, दिलिप नाथ, तृतराज दास, सुनाम गौतम, दिनेश खरेल र अमृत गुरुङ पनि पोखरा एभेन्जर्समा समावेश छन् ।

    पोखरा एभेन्जर्सले एनपीएलका लागि विदेशी खेलाडीका रूपमा वेस्ट इन्डिजका रेमन राइफर, इङ्ल्यान्डका म्याट क्रिचली, अमेरिकाका आन्द्रेस गौस, नेदरल्यान्ड्सका बास डे लिडे र स्कटल्यान्डका माइकल लिस्कलाई अनुबन्ध गरेको छ । पोखराले ब्राण्ड एम्बासडरका रूपमा कलाकार सन्दीप क्षेत्रीलाई नियुक्त गरेको छ । पोखरा एभेन्जर्सले आफ्नो पहिलो खेलमा मङ्गलवार चितवन राइनोजसँग खेल्दैछ । पोखरा एभेन्जर्सका प्रमुख प्रशिक्षक राजीव कुमार हुन् ।

    लुम्बिनी लायन्स

    लुम्बिनी प्रदेशकै नाम रहेको लुम्बिनी लायन्सको नेतृत्व नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित कुमार पौडेलले गर्दैछन् । लुम्बिनीमा रोहितसँगै अहिले राष्ट्रिय टिममा रहेका विकेटकिपर ब्याटर अर्जुन साउद छन् । यस्तै राष्ट्रिय टिमबाटै खेलिसकेका सन्दिप जोरा, विवेक यादव र सूर्य तामाङ पनि यसै टिममा छन् । सन्दिप जोराले केही समयअघि हङकङ सिक्सेसमा नेपालको कप्तानी गरेका थिए । विवेकले पनि त्यस प्रतियोगिता खेलेका थिए । लुम्बिनीका पाँच खेलाडीसँग राष्ट्रिय टिमबाट खेलिसकेको अनुभव छ । यस्तै तिलकराज भण्डारी र दुर्गेश गुप्ताले नेपालको राष्ट्रिय टिमबाट १९ वर्षमुनिको विश्वकपसमेत खेलेका छन् । यस्तै आशुतोष घिरैया, दिनेश अधिकारी, विकास आग्री र अभिषेक गौतम लुम्बिनीमा अनुबन्ध भएका छन् ।

    विदेशी खेलाडीमा लुम्बिनीले अष्ट्रेलियन अलराउण्ड बेन कटिङसँगै इङ्ग्ल्याण्डका विकेटकिपर ब्याटर टम मुर्स, भारतबाट १९ वर्षमुनिको विश्वकप जितेका र अहिले अमेरिकामा खेल्ने उन्मुक्त चन्द र बारबाडोर्सका युवा पेस बलर रामोन सिमोन्ड्स छन् । लुम्बिनीले महानायक राजेश हमाललाई ब्राण्ड एम्बासडरमा नियुक्त गरेको छ । लुम्बिनी लायन्सले एनपीएलमा आफ्नो पहिलो खेल बुधवार विराटनगर किङ्ग्ससँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । भारतका नन्दन फाडनिस टिमको मुख्य प्रशिक्षकमा छन् । उनी यसअघि नेपाली राष्ट्रिय टिमका कन्सलट्यान्ट प्रशिक्षकको रूपमा काम गरेका थिए । यस्तै लुम्बिनीकै शक्ति गौचनलाई कन्सलट्यान्ट प्रशिक्षकमा नियुक्त गरेको छ ।

    कर्णाली याक्स

    कर्णाली याक्स धेरै सम्भावना भए पनि भौगोलिक विकटताले पछि परेको कर्णाली प्रदेशको नाममा बनेको टिम हो । कर्णाली याक्सका मार्की खेलाडी राष्ट्रय टिमका अलराउन्डर सोमपाल कामी छन् । सोमपालसँगै राष्ट्रिय टिमका अलराउन्डर गुलसनकुमार झा पनि अनुबन्ध भएका छन् । यस्तै नन्दन यादव, मौसम ढकाल, अर्जुन कुमाल, देव खनाल, रित गौतम, भुवन कार्की, दीपेन्द्र रावत र दीपक डुम्रे रहेका छन् ।

    कर्णाली याक्सले विदेशी खेलाडीका रूपमा अहिलेसम्म भारतका शिखर धवन, पाकिस्तानका हुनेस तलत, वेस्ट इन्डिजका चाडविक वाल्टन, हङकङका बाबर हायत र ओमानका पूर्वकप्तान जिसन मक्सुदलाई अनुबन्ध गरेको छ । कर्णालीले नायिका स्वस्तिमा खड्कालाई ब्राण्ड एम्बेसडर र योथ एम्बासडरमा सिसन बानियाँलाई नियुक्त गरेको छ । कर्णाली याक्सले आफ्नो पहिलो खेल पर्सि सोमवार जनकपुर बोल्ट्ससँग खल्नेछ । कर्णाली याक्सका प्रमुख प्रशिक्षकमा राष्ट्रिय टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल छन् ।

    सुदूरपश्चिम रोयल्स

    सुदूरपश्चिम प्रदेश नेपाली क्रिकेटमा सधै चर्चामा आउने प्रदेश हो । सुदूरपश्चिम सबैभन्दा बढी क्रिकेटको समर्थक भएको ठाउँले पनि चिनिन्छ । नेपाल प्रिमियर लिग ९एनपीएल० मा सुदूरपश्चिमको नामबाट बनेको टिम हो । सुदूरपश्चिमको मुख्य तथा मार्की खेलाडीका रूपमा टी–२० क्रिकेटका कीर्तिमानी दीपेन्द्रसिंह ऐरी रहेका छन् । दीपेन्द्रसँगै, मोहम्मद आरिफ शेख, अभिनाश बोहरा लगायतका राष्ट्रिय टिमबाट खेलिरहेका खेलाडीहरू सुदूरपश्चिममा समावेश छन् । टिममा सुदूरपश्चिम क्षेत्रकै छ जना खेलाडी छन् । दीपेन्द्रसहित, विनोद भण्डारी, नरेश बुढाएर, नरेन साउद, खडग बोहरा र भोजराज भट्ट सुदूरपश्चिम क्षेत्रका हुन् । यसैगरी इशान पाण्डे, अमित श्रेष्ठ र नरेनश बुढा ऐर पनि सुदूरपश्चिम रोयल्समा अनुबन्ध छन् ।


    विदेशी खेलाडीमा यूएईका रोहन मुस्ताफा, स्कटल्याण्डका ब्याटिङ अलराउण्डर ब्राण्डन म्याकमुलेन, इङ्ग्लयाण्डको भाइटालिटी ब्लास्ट खेलेका सैफ अली जैब र चेन्नई सुपर किङ्ग्सबाट आईपीएल खेलेका न्युजिल्याण्डका बलर स्कट कुगेलेइन सुदूरपश्चिम टिममा छन् । नेपालका ओलम्पिएन खेलाडी दिपक विष्ट सुदूरपश्चिम रोयल्समा ब्राण्ड एम्बासडरका रूपमा नियुक्त भएका छन् । सुदूरपश्चिम रोयल्सले आफ्नो पहिलो खेल मङ्गलवार विराटनगर किङ्ग्ससँग खेल्दैछ । टिमका प्रशिक्षकका रूपमा जगत टमाटा र सल्लाहकारका रूपमा अष्ट्रेलियाका पूर्व क्रिकेटर ब्राड हज रहेका छन् ।

    शनिबार, मङि्सर १५, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
    एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    • भर्खरै
    • चर्चित
    • १.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    • २.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • ३.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ४.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ५.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ६.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ७.
      अत्यन्त जरुरी सूचना !!

    • ८.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ९.
      शर्मा पुरस्कृत

    • १०.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • १.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • २.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ३.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • ४.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ५.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.