कैलालीको चुरे गाउँपालिका-५ भासु भीरबाट मिनी ट्रक खसेको छ। शनिबार बिहान सु.प्र ००१ ख २५७६ नम्बरको मिनी ट्रक भीरमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ट्रक पूर्ण रूपमा क्षतिग्रस्त छ। ट्रक भीरबाट करिब ७ सय मिटर तल खसेको अवस्थामा फेला परेको हो।
ट्रकमा सवार कोको थिए भन्ने खुलेको छैन। दुर्घटनाबारे बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ।