• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, चैत ०४, २०७९ | Saturday 18th March 2023
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम
  • ३ दिन अगाडि

शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा
  • २ हप्ता अगाडि

९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ
  • ३ हप्ता अगाडि

माेहन्याल गाउँपालिकामा नापिकाे काम सुरु : अध्यक्ष उपाध्याय द्वार उद्वघाटन
  • ४ हप्ता अगाडि

अछामको चाैरपाटि गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा सुदुरपश्चिममा दाेस्रो स्थानमा
  • ४ हप्ता अगाडि

क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको सयुक्त साधारणसभा फागुन १२ गते
  • ४ हप्ता अगाडि

गन्यापधुरा गाउँपालिका कार्यसम्पादनमा सुदुरपश्चिम प्रदेशकै पहिलो स्थानम
  • ४ हप्ता अगाडि

जनयुद्धको जगले ल्याएकाे उपलब्धिहरुमा देश चलिरहेको छ : अध्यक्ष उपाध्याय
  • १ महिना अगाडि

माेहन्याल गाउँपालिका अध्यक्ष उपाध्यायले पाए विशेष अदालत बाट सफाई: भन्छन अब जनताको हितमा काम गर्छु।
  • १ महिना अगाडि

माधव नेपालसहितका ११ नेताले ओलीले सोधेको स्पष्टीकरणको जवाफ नदिने

"भीम रावलको प्रश्न : एमाले पार्टी ओलीको आफ्नो कम्पनी हो ? "
  •  संवाददाता
  • सोमबार, जेठ १०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं-वरिष्ठ नेता माधवकुमार नेपालसहितका ११ जना नेताले एमाले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ नदिने भएका छन् ।
    शनिबार बसेको एमाले स्थायी समिति बैठकले शुक्रबार प्रधानमन्त्री पदका लागि काँग्रेस सभापति शेरबहादुर देउवाले पेश गरेको दावीमा हस्ताक्षर गरेको भन्दै नेता नेपालसहित उनी पक्षका ११ जना सांसदलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।

    नेता भीम रावलले स्पष्टीकरणको जवाफ दिन जरुरी नभएकाले आफ्नो समूह नदिने निष्कर्षमा पुगेको बताए ।
    ओली आफै अवैधानिक भैसकेकोले उनले सोधेको स्पष्टीकरणको कुनै अर्थसमेत नभएकाले जवाफ दिन जरुरी नठानेको रावलको भनाइ छ ।

    ‘पार्टी एकताको कुरा भइरहेका बेलामा संविधानको धारा ४ पनि उल्लंघन गर्ने, ५ पनि उल्लंघन गर्ने, प्रतिनिधिसभा विघटन गर्ने र हामीलाई फेरि स्पष्टीकरण सोध्ने केपी ओलीको यो निरंकुश स्वेच्छाचारी, पार्टी विधान र कानुन विपरितको कामलाई पूर्णरुपमा हामी अस्वीकार गर्छौ’, नेता रावलले ओलीमाथि प्रश्न गरे, ‘के यो एमाले पार्टी ओलीको आफ्नो कम्पनी हो रु बपौती हो ?’

    उनले एमाले पार्टी ओलीको बपौती या कम्पनी हुन नसक्ने भन्दै पटकपटक स्पष्टिकरण सोधेपछि त्रसित होलान्, भ्रम सिर्जना होला र अरु पनि डराउलान् भनेर पठाएका कथित पत्रको कुनै औचित्य नभएकाले अस्वीकार गर्ने निर्णयमा पुगेको बताए ।

    एमालेको नवौं राष्ट्रिय महाधिवेशनको निर्णय र त्यसको विधान उल्लंघन गरेर ओलीले कथित राष्ट्रिय महाधिवेशन आयोजक कमिटि बनाएको भन्दै त्यही अवैद्य कमिटीको अध्यक्ष आफैलाई ओलीले घोषणा गरेकाले अवैध गतिविधिलाई मान्यता दिन नसकिने रावलको भनाइ छ ।

    ‘उहाँले सुरुमा पनि हामीलाई स्पष्टीकरण सोध्ने धृष्टता गर्नुभयो हामीले त्यसबेला स्पष्टीकरणको जवाफ त दिएका होइनौ, तर उहाँको भ्रमपूर्ण कुराको खण्डन गरेर पत्र पठाएका हौँ’, यसअघि सोधिएको स्पष्टीकरणको जवाफबारे रावलले भने, ‘त्यसपछि हामीले उहाँलाई वारम्वार सर्वोच्चको फैसला अनुसार पार्टीलाई एकतावद्ध बनाएर नवौं राष्ट्रिय महाधिवेशनको निर्णय र विधान मान्नुस् भन्दा उहाँले मान्नुभएन ।’

    रावलले वैशाख २७ गते ओलीले संसदबाट विश्वासको मत लिने निर्णयमा पुग्दा समेत आफूहरुसँग सरसल्लाह नगरेकाले विश्वासको मतको विपक्षमा उभिनु परेको बताए ।

    पछि माधव कुमार नेपाल र ओलीबीच पुनः वार्ता भएर पार्टी मिलाएर जान जेठ २ को अवस्थामा फर्कन ओली तयार भएका थिए । त्यसक्रममा उनले फागुन २३ पछिका सवै विधान विपरितका अवैध काम खारेज गर्न तयार भनेपछि एमालेको विवाद मिलाउन कार्यदल गठन भएको थियो ।

    ‘कार्यदलको पहिलो बैठकमा धेरै सकारात्मक कुरा भए तर दोस्रो बैठकमा ओली पक्षले बैठक आलटाल गर्न थाल्यो’, रावलको भनाइ छ ।

    नेता रावलले ओलीले नेताहरुलाई स्पष्टीकरण सोध्ने नभइ बरु किन पटक पटक प्रतिनिधि सभा विघटन गर्नुभयो रु भनेर जनताले प्रश्न गर्न थालेको बताए ।

    साथै उनले कामचलाउ सरकारले नागरिकता जस्तो विषयलाई महन्थ ठाकुर र राजेन्द्र महतोलाई खुसी पार्न र देशलाई फिजिकरणको बाटोमा लैजाने अध्यादेशमार्फत अध्यादेश जारी भएको टिप्पणी पनि गरे ।

    ‘यो कुर्सीका लागि निर्लज्ज किसिमले सौदावाजी गरिएको हो । संविधान संशोधन गर्ने भनेको के उहाँको खल्तीको कुरा हो । मन लागेका बेला कार्यदल गठन गरेर संशोधन गर्ने, मन लागेका बेला फाल्न सक्ने, यो निर्लज्ज, निरंकुश र राष्ट्रलाई थिलथिलो बनाएर नेपालको अस्तित्वलाई नै संकटमा पार्ने केपी ओलीलाई कुनै अधिकार छैन’, रावलको भनाइ छ ।

    नेताहरुलाई स्पष्टीकरणको जवाफ बुझाउन सोमबार बिहासम्मको समय दिइएको थियो ।

    • ओली
    • माधव
    सोमबार, जेठ १०, २०७८ मा प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुदूरपश्चिमका मुख्यमन्त्री रावल काठमाण्डौ जाँदै
    सुदूरपश्चिम प्रदेशकी उपसभामुख चौधरीले कार्यभार सम्हालिन
    सुदूरपश्चिम प्रदेश सभाध्यक्ष सम्पर्कविहीन, सभामुख निर्वाचन प्रक्रिया नै अन्योल
    • भर्खरै
    • चर्चित
    • १.
      शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम

    • २.
      शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा

    • ३.
      ९ किलो चरेससहित कैलालीमा ३ जना पक्राउ

    • ४.
      माेहन्याल गाउँपालिकामा नापिकाे काम सुरु : अध्यक्ष उपाध्याय द्वार उद्वघाटन

    • ५.
      अछामको चाैरपाटि गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा सुदुरपश्चिममा दाेस्रो स्थानमा

    • ६.
      क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको सयुक्त साधारणसभा फागुन १२ गते

    • ७.
      गन्यापधुरा गाउँपालिका कार्यसम्पादनमा सुदुरपश्चिम प्रदेशकै पहिलो स्थानम

    • ८.
      जनयुद्धको जगले ल्याएकाे उपलब्धिहरुमा देश चलिरहेको छ : अध्यक्ष उपाध्याय

    • ९.
      माेहन्याल गाउँपालिका अध्यक्ष उपाध्यायले पाए विशेष अदालत बाट सफाई: भन्छन अब जनताको हितमा काम गर्छु।

    • १०.
      नागरिक उन्मुक्तिका कैलारि सचिब मनाेज चाैधरि अखिल (क्रान्तिकारि) मा प्रवेश

    • १.
      शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2023 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.