राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैंक खाता खोल्ने सुविधा
अहिले खाता खोल्न नागरिकता अनिवार्य छ, माघदेखि राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर भए पनि पुग्ने
काठमाडौँ —राष्ट्रिय परिचयपत्रका आधारमा पनि माघ १ देखि बैंक तथा वित्तीय संस्थामा खाता खोल्न सकिने भएको छ । यसअघि बैंक खाता खोल्न नागरिकता अनिवार्य थियो । अब राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बरका आधारमा खाता खोलिदिन बैंक तथा वित्तीय संस्था, पूर्वाधार विकास बैंक र लघुवित्त वित्तीय संस्थालाई बिहीबार राष्ट्र बैंकले परिपत्र जारी गरेको हो ।
‘बैंक तथा वित्तीय संस्थाले २०८१ माघ १ देखि राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचका आधारमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरको विवरण यकिन गरी खाता खोल्ने व्यवस्था मिलाउनुपर्नेछ,’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ ।माघदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य भए जस्तो देखिए पनि त्यसकै आधारमा मात्र बैंक खाता खोल्ने भन्ने आशय नरहेको राष्ट्र बैंकका प्रवक्ता रामु पौडेलले बताए । ‘हाल सबै नागरिकसँग राष्ट्रिय परिचय हुन्छ भन्ने छैन, यसकारण बैंक खाता खोल्दा त्यसलाई अनिवार्य गरिएको होइन,’ उनले भने, ‘नागरिकताका आधारमा बैंक खाता खोल्नू भन्ने निर्देशन यथावत् छ, अब राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर दिए पनि बैंकले खाता खोलिदिनुपर्छ ।’ सरकारले सामाजिक सुरक्षालगायत सरकारी भुक्तानी दिनुपर्ने अवस्थामा सम्बन्धित सरकारी निकायले उपलब्ध गराएको विवरणका आधारमा बैंक तथा वित्तीय संस्थाले खाता खोल्नुपर्नेछ ।
ललितपुरमा घरफ्ल्याट भाडामा लिनदिन
हाउस इण्ड्रष्ट्रियल, इलेक्ट्रिसीयन, प्लम्बिङ्ग
त्यस्तो खाताबाट रकम झिक्नुअघि यस निर्देशनबमोजिम ग्राहक पहिचान तथा सम्पुष्टि (केवाईसी) भर्नुपर्ने निर्देशन पनि परिपत्रमा छ । सरकारले सामाजिक सुरक्षालगायत सरकारी भुक्तानी दिनुपर्ने अवस्थामा सम्बन्धित सरकारी निकायले उपलब्ध गराएको विवरणका आधारमा बैंक तथा वित्तीय संस्थाले खाता खोल्नुपर्नेछ । त्यस्तो खाताबाट रकम झिक्नुअघि यस निर्देशनबमोजिम ग्राहक पहिचान तथा सम्पुष्टि गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ ।
‘ग्राहकले उपलब्ध गराएको मोबाइल नम्बरको विवरण निज ग्राहककै रहे, नरहेको सुनिश्चित गर्न निहित जोखिमका आधारमा संस्थाले आवश्यक पहिचान पद्धति अवलम्बन गर्नुपर्नेछ,’ राष्ट्र बैंकले भनेको छ । विभिन्न माध्यमबाट उपलब्ध गराएको व्यक्ति, समूह वा संगठनको सूची वा त्यससँग सम्बद्ध कुनै व्यक्ति, समूह वा संगठनसँग आफ्नो कारोबार भए, नभएको नियमित रूपमा यकिन हुने अद्यावधिक प्रणाली स्थापना गर्नुपर्ने व्यवस्था पनि निर्देशनमा छ ।
‘सूचीकृत व्यक्ति, समूह वा संगठन वा त्यससँग सम्बद्ध व्यक्तिको खाता, लकर वा अन्य कुनै रकम संस्थासँग रहेको भए तत्काल रोक्का राखी नियमावलीको अनुसूची १० बमोजिमको ढाँचामा यस बैंकको सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखालाई ३ दिनभित्र जानकारी गराउनुपर्नेछ र सोको एकप्रति वित्तीय जानकारी इकाइलाई समेत उपलब्ध गराउनुपर्नेछ,’ राष्ट्र बैंकले भनेको छ ।
राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैंक खाता खोल्ने सुविधा
राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैंक खाता खोल्ने सुविधा
- अ
- अ
- अ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु