अत्तरिया – कञ्चनपुरबाट प्रहरीले लागू औषध सहित २ जनालाई पक्राउ गरेको छ ।
बिहीबार भीमदत्त नगरपालिका – १८ सालघारीबाट स्थानीय २४ वर्षीय जतिन थापा र २४ वर्षीय कमल चन्द पक्राउ परेका हुन ।
शङ्का लागि चेकजाँच गर्दा जतिन थापाको साथबाट ०।५५ ग्राम मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएकोमा दुवै जनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।