कञ्चनपुरको शुक्लाफाटामा एकदिन निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ।
भारतका ख्यातिप्राप्त मेडिकल कलेजमा विशेषज्ञता हासिल गरेकानो भा अस्पताल प्रा.लि. धनगढीमा कार्यरत बरिष्ठ फिजिसियन डा. रामचन्द्र पौडेल (MBBS, MD – Internal Medicine) सहितको अनुभवी टिमद्वारा निःशुल्क स्वास्थ्य शिविरमा सेवा प्रवाह हुने छ ।
शिविर माघ ५ गते, शनिबार, श्री कृष्ण आधारभूत विद्यालय, बन्सा वडा नं. १, शुक्लाफाँटा नगरपालिकामा हुनेछ। बिहान ११ बजेबाट सुरु हुने यस शिविरमा बिरामीहरूलाई निःशुल्क स्वास्थ्य जाँच, परामर्श, तथा अन्य सेवा प्रदान गरिनेछ।
शिविरमा नोभा अस्पतालका अनुभवी विशेषज्ञहरूको सक्रिय सहभागिताले स्थानीय समुदायलाई सहज, गुणस्तरीय, र निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रम यूनाइटेड डाइनामिक महेन्द्रनगर, कञ्चनपुर र शुक्लाफाँटा नगरपालिकाको सहकार्यमा सम्पन्न हुनेछ।
नोभा अस्पताल प्रा.लि., धनगढीको यो प्रयासले ग्रामीण क्षेत्रमा स्वास्थ्य सुविधाको पहुँच पुर्याउन थप योगदान गर्ने विश्वास व्यक्त गरिएको छ।