धनगढी, कैलाली-खाद्य अधिकारका दृष्टिकोणले जोखिममा रहेका समुदायलाई समेट्दै, खाद्य अधिकार सञ्जालका प्रतिनिधिहरू र अन्य सरोकारवालाको सहभागितामा अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम धनगढीमा सम्पन्न भएको छ।
कार्यक्रमलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ कृषि प्रसार अधिकृत एवं सूचना अधिकारी टिकेन्द्र कुश्मीले प्रतिवेदन प्रस्तुत गरेका थिए ।
यो कार्यक्रम परिवर्तनका लागि कार्यरत युवा समूह, नेपाल द्वारा आयोजना गरिएको हो। कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सुदूरपश्चिम प्रदेशका २०८१र८२ वार्षिक नीति तथा कार्यक्रमहरूसम्बन्धी जानकारी प्रस्तुत गरिएको थियो।
कार्यक्रमका मुख्य बुँदाहरू
प्रदेशको खाद्य एवं पोषण सुरक्षाको प्रत्याभूति गर्दै गरिबी न्यूनीकरण र राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउने दीर्घकालीन लक्ष्यबारे छलफल गरियो।
भूमि व्यवस्थापन, सहकारी परिचालन, र कृषि उत्पादनमा आत्मनिर्भरता हासिल गर्दै निर्यात योग्य बनाउन विभिन्न योजनाहरू प्रस्तुत गरियो।
२०८१र८२ का वार्षिक कार्यक्रमहरू, अनुदान व्यवस्थापन, र प्राविधिक विकासका लक्ष्यबारे जानकारी गराइयो।
खाद्य अधिकार सञ्जालका प्रतिनिधिहरूको धारणा
प्रतिनिधिहरूले भूमि र खाद्य सुरक्षासम्बन्धी योजनाहरूमा जोखिममा रहेका समुदायहरूको पहुँच सुनिश्चित गर्न सुझाव दिएका छन्। साथै, नीति कार्यान्वयनमा समावेशिता र समन्वयलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइयो।
यस प्रकारको अभिमुखीकरणले प्रदेश सरकारका वार्षिक कार्यक्रमबारे सरोकारवालालाई सुसूचित गर्दै साझा जिम्मेवारी र सहकार्यका लागि आधार तयार गर्ने विश्वास गरिएको छ।