डडेल्धुरा–समाजवादी प्रेस संगठन नेपाल डडेल्धुराको मंगलबार सम्पन्न दोस्रो जिल्ला अधिवेशनले शेरबहादुर भण्डारीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा टिकाराम साउँद र भरत चुनारा, सचिवमा भक्तबहादुर गाहामगर, सह सचिवमा निर्मला विश्वकर्मा र पार्वती बोहरा र कोषाध्यक्ष टिकेश्वरी थापा सर्वसम्मत चयन भएको समाजवादी प्रेस संगठन सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष हिक्मतबहादुर सिंहले जानकारी दिए ।
नवगठित कार्यसमितिका सदस्यहरुमा विमलप्रसाद बोहरा, ललिता रावल, कमला शाही, मनिष विसी, गोमती बोहरा, पूजा भण्डारी, सुनिता पार्की, भावना थापा मगर, लक्ष्मी भट्ट, मेनुका साउँद, अमृत बोहरा र माधवी जोशी चयन भएका छन । समाजवादी प्रेस संगठनले श्रमजीवी पत्रकारहरुका हक हितमा दत्तचित्त भएर काम गर्ने नवनिर्वाचित कार्यसमितिका अध्यक्ष भण्डारीले बताए ।