राज बोगटी धनगढी- सुदूरपश्चिममा पछिल्लो समय ठूलो पार्टीको रुपमा रहेको नेकपा एमाले,नेपाली कांग्रेस र नेकपा माओवादी परित्याग गरी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामा प्रवेश गर्नेको संख्या तीव्ररूपमा बढ्दै गएको छ। मंगलवार नेकपा एमाले पूर्व केन्द्रीय सदस्य तथा दिपायल सिलगढी नगर उपप्रमुख प्रिम शाह, नेकपा एमाले प्रदेश कमिटी सदस्य प्रेम नेपाली र नेकपा माओवादी केन्द्र जिल्ला कमिटी सदस्य जोरायल डोटीका प्रकाश थापा मगर,नेकपा माओवादी केन्द्र गाउँ कमिटी सदस्य जोराइल डोटीका कमल रोका मगर,नेकपा माओवादी केन्द्र जिल्ला कमिटी सदस्य मान बिक र माओवादी केन्द्र पूर्व जनमुक्ति सेनाका तारासिंह रम्तेल बिप्लव नेतृत्वको नेकपामा प्रवेश गरेका हुन् ।
पछिल्लो समय नेपाली कांग्रेस ,नेकपा एमाले,नेकपा माओवादी लगायतका दल त्यागेर विभिन्न बिप्लव नेतृत्वको नेकमामा प्रवेश गर्नेहरुको संख्या बढ्दै गइरहको छ । मंगलवार पार्टी प्रवेश गरेकाहरुलाई जिम्मेवारी वाँडफाड गर्न भने वाँकी छ ।