काठमाण्डौ – काठमाण्डौको मुख्य तरकारी बजार कालिमाटीमा आज सबैखाले सागको भाउ घटेको छ । आज रायो साग, पालुङ्गो साग, चमसुरको साग, तोरीको साग, मेथीको सागलगायतको भाउ हिजोको तुलनामा आज सामान्य घटेको छ ।
आज रायो सागको भाउ किलोमा ३ रुपैयाँले घटेर किलोको १५ रुपैयाँमा झरेको छ । आज पालुङ्गो साग, चमसुरको साग, मेथीको साग, हरियो प्याजको भाउ समान १० रुपैयाँले घटेर किलोको ३५ रुपैयाँ कायम भएको छ । तर आज तोरीको साग, हरियो धनिया र सौफको साग भाउमा आज घटबढ भएको छैन ।
आज तोरीको साग, हरियो धनिया भाउ हिजो जस्तै किलोको २५ रुपैयाँ भएको छ भने सौफको सागको भाउ पनि हिजो जस्तै किलोको ७५ रुपैयाँ कायम भएको छ ।