कैलाली – पछिल्लो समय विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । होटेल तथा रेस्टुरेन्टहरुमा गई लाखौं खर्च गरि विभिन्न उत्सवहरु मनाउनुको साटो बीमा गरेर पोलिसी उपहार दिने प्रचलनले समाजमा बचत गर्ने प्रवृत्तिको बिकास भएको हो ।
यसैक्रममा कृष्णपुर नगरपालिका –०२ बस्ने जय राज पैतोला दम्पतिले आफ्नो छोरा जन्मउत्सबको अवसर पारेर बीमा पोलिसी उपहार दिएका छन् । उनले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शाखा कार्यालय धनगढी बाट रु ८ लाख बीमाङ्कको प्रस्तावक को समेत जोखिम बहन हुने रिलायबल सर्वशुलभ बाल जिवन बिमा उपहार दिएका हुन् ।
पैतोला दम्पतिको दोस्रो सन्तानको रुपमा २०८० माघ ०९ गते छोरा कैलाश को जन्म भएको थियो । छोराको उज्ज्वल भविष्यका लागि भन्दै उहाले बीमा पोलिसि उपहार स्वरुप दिए । शाखा प्रमुख बिक्रम सिंह बोगटि ले उल्लेखनिय कार्य गर्नुभएको मा पैतला दम्पती लाई बधाइ दिनु भएको छ । साथै उक्त बीमालेख कम्पनी धनगढीका सकृय अभिकर्ता पुस्पा भट्ट ले जन्मदिनको बधाइ दिदै बीमालेख हस्तान्तरण गरेका हुन् ।
रिलायबल नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालको अब्बल दर्जाको जीवन बीमा कम्पनी हो । नेपाल सरकारको पुर्ण स्वामित्व प्राप्त राष्ट्रिय बाणिज्य बैक , ग्लोबल आइएमई बैंक लगायत उच्च ख्याती प्राप्त ब्यक्तीहरु मुख्य प्रवर्द्धक रहेको कम्पनीको बोनसदर पनि सर्वाधिक रहेको छ