काठमाण्डौ – काठमाण्डौको मुख्य तरकारी बजार कालिमाटीमा केही दिनयता रातो आलु, लोकल बन्दा, लोकल काउली, ब्रोकाउली, सानो गोलभेँडा, सेतो मुलालगायतका तरकारीको भाउ ५० रुपैयाँ भन्दा कम रहेको छ ।
आज पनि रातो आलुको औसत भाउ ४१ रुपैयाँ रहेको छ । त्यस्तै लोकल बन्दाको भाउ आज किलोमा २० रुपैयाँ रहेको छ । लोकल काउलीको औसत भाउ १२ रुपैयाँ रहेको छ । आज ब्रोकाउली र सेतो मुलाको औसत भाउ समान २५ र२५ रुपैयाँ कायम भएको छ ।
त्यस्तै सानो गोलभेँडाको भाउ किलोको २२ रुपैयाँ रहेको कालिमाटी फलफुल तथा तरकारी बजार समितिले जनाएको छ ।