सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्म, कञ्चनपुरमा कार्यरत प्रहरी जवान वकिल बिष्टले ड्युटीका क्रममा आफैंमाथि गोली प्रहार गरेका छन्। बुधबार बेलुका करिब ८स्३० बजे सेन्ट्री कोत गारदमा एसएलआर राइफलबाट गोली चलाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।
घटनामा गोली बिष्टको दाहिने कानभन्दा माथि लागेको छ। घाइते अवस्थामै उनलाई महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल पुर्याइएको थियो। अवस्था गम्भीर रहेकाले थप उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल पठाइएको छ।
घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी चक्रराज जोशी घटनास्थल पुगेका थिए। उनले घटनाको कारण र परिस्थिति पत्ता लगाउन अनुसन्धान भइरहेको बताए।
गत पौष १२ गते पनि कञ्चनपुरमा कार्यरत प्रहरी जवान चक्रप्रसाद न्यौपानेले आफैंमाथि गोली प्रहार गरेका थिए। हाल उनी उपचाररत छन्।
यस प्रकारका घटनाहरूले प्रहरी जवानहरूको मानसिक स्वास्थ्य र कार्यस्थितिको गम्भीर अवस्थालाई उजागर गरिरहेको छ।