कैलाली – श्रमजीवी पत्रकार संघ कैलाली शाखाले श्रमजीवी पत्रकारहरुको पारिश्रमिक उपलब्ध गराउन सञ्चार माध्यमसंग माग गरेको छ। शाखाले बिहीबार एक विज्ञप्ति जारी गर्दै श्रमजीवीहरुको श्रमको मूल्य यथासक्दो उपलब्ध गराउन सञ्चार माध्यमलाई अनुरोध गरेको छ ।
शाखाका अध्यक्ष मीन ठकुरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ‘पछिल्लो समयमा कैलाली जिल्लाका विभिन्न सञ्चार माध्यममा कार्यरत श्रमजीवी पत्रकारहरुले लामो समयदेखि पारिश्रमिक नपाएको मौखिक गुनासो आएकाले श्रमजीवी पत्रकार संघ नेपाल कैलाली शाखाको ध्यानाकर्षण भएको छ ।’
सञ्चार माध्यमहरुका विभिन्न चुनौती भएपनि श्रमजीवीहरुको श्रमको मूल्य यथासक्दो उपलब्ध गराउन सम्पूर्ण सञ्चार माध्यमलाई आग्रह गर्दछौँ’ विज्ञप्तिमा उल्लेख गरिएको छ,–‘माघ मसान्त भित्र श्रमजीवीहरुको बाँकी रहेको पारिश्रमिक उपलब्ध नगराएमा श्रमजीवी पत्रकारहरुको नेतृत्व गरी श्रमजीवी पत्रकार संघ नेपाल कैलाली शाखा चरणवद्ध आन्दोलनमा उत्रिने चेतावनी दिन चाहन्छौं।’