कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले १ लाख ३२ हजार ४ सय, इलाका प्रहरी कार्यालय ब्रहम्देवले ४७ हजार ४५० र प्रहरी चौकि बाबाथानले ५ हजार गरि जम्मा १ लाख ८४ हजार ८५० मुल्य बराबरको भन्सार छलीको सामान प्रहरीले बरामद गरेको हो। उक्त मूल्य बराबरको भन्सार छलीको कपडा, हार्डबेयरको सामान, किरानाको सामान, चिनी, प्लास्टिक कुर्सी, खेलौना र गुडिया बरामद गरी आवश्यक कारबाहीको लागी गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर पठाइएको जनाइएको छ।