धनगढीः कैलालीबाट ५ लाख बढीका भन्सार छलीका सामान बरामद गरिएको छ।
जिल्लाको धनगढी उपमहानगरपालिका–३ ट्राफिक रिसोट नजिक, धनगढी–९ त्रिवेणीघाट, गोदावरी नगरपालिका–४ गोदावरी हनुमान मन्दिर नजिक, र टीकापुर नगरपालिका–९खक्रौलाबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ५ लाख २३ हजार ९७० मुल्य बराबरको भन्सार छलीका सामान प्रहरीले बरामद गरेको हो।
उक्त मुल्य बराबरको बच्चाको खेलौना, नमकिन, केक, बिभिन्न किसिमका कपडा, जेसीबि स्काईभेटरका विभिन्न पाटपुर्जा, ट्याक्टरका बिभिन्न पाटपुर्जा, भाँडा बर्तन, मोबाइल कभर, चार्जिङ पिन, डिस्प्ले, टर्च लाईट, बोईलर कुखुरा, सिद्रा माछा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ।