धनगढीः सुदूरपश्चिम प्रदेश सरकारको बेरुजु रकम २ अर्ब ६४ करोड माथि गएको छ।
प्रदेश सरकारको अर्धवार्षिक समीक्षामा २ अर्ब ६४ करोड एक लाख १६ हजार रुपैयाँ कुल बेरुजु पुगेको देखाइएको हो। महा लेखापरीक्षकको कार्यालयले प्रतिवेदन सार्वजनिक गरेको छैन। तर, प्रदेश सरकारको बेरुजु रकम न्यून मात्र घटेको देखिएको हो।
गत आर्थिक वर्षमा महालेखाले सुदूरपश्चिम प्रदेश सरकारको बेरुजु रकम २ अर्ब ६८ करोड २९ लाख २९ हजार पुगेको प्रतिवेदनमा उल्लेख गरेको थियो। प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ मा १२ करोड ८७ लाख ७५ हजार बेरुजु फर्छ्यौट गरेको छ। प्रदेश सरकारको गत आर्थिक वर्षमा २ अर्ब २६ करोड ३७ लाख २५ हजार बेरुजु रहेको थियो। तर, प्रदेश सरकारको कुल बेरुजु रकम भने २ अर्ब ६४ करोड एक लाख १६ हजार रहेको हो।