• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, मङि्सर २१, २०८२ | Saturday 6th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बालुवाको रोयल्टीमा हिनामिना
  • ३ दिन अगाडि

बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण
  • ३ दिन अगाडि

बिनाशुल्क काम गर्छन् भलमनसा
  • ३ दिन अगाडि

एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने
  • ३ दिन अगाडि

मर्यादाक्रम विभेद अन्त्यको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र,सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्नेमा जोड
  • ४ दिन अगाडि

एनपिएल : विराटनगरको लगातार दोस्रो जित
  • २ हप्ता अगाडि

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ७ जना पक्राउ
  • २ हप्ता अगाडि

दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण
  • ३ हप्ता अगाडि

गर्भपतन गराउने किशोरीमा चुनौती कायमै
  • ३ हप्ता अगाडि

Advertisement

‘मैले प्रेमपूर्वक घुस स्वीकार गरें’

  •  संवाददाता
  • शनिबार, चैत ०१, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सन् २००० मा राज्यले आयोजना गर्ने देशकै सबैभन्दा ठूलो धनराशि भएको चिठ्ठा ९लोट्टरी० विजेताको नाम घोषणा हुँदैथियो । सन् १९९९ मा बैंकमा कम्तीमा ५००० जिम्बाबियन डलर मौज्दात कायम रहेका सबै बैंकका ‘क्लाइन्ट’ हरू यो चिठ्ठा कार्यक्रमका स्वतः सहभागी हुनेथिए ।

    देशका सर्वोच्च नेता तथा राष्ट्रपति रोबर्ट मुगाबे प्रमुख अतिथिको कुर्सीमा आसीन थिए । १९८० को ठूलो जनआन्दोलनले विदेशी राज हटाएर स्थापित गरेका जननेता थिए उनी । जनताको उनीप्रति ठूलो विश्वास थियो । विजेतालाई दिने उपहार राशिको बैंक चेकमा उनैले हस्ताक्षर गरेका थिए ।

     

    पाठकवृन्द १ स्मरणरहोस् मुगाबेकै पालामा जिम्बाबेले इतिहासमै सबैभन्दा डरलाग्दो मुद्रास्फीति र आर्थिक संकट भोग्नु परेको थियो । सन् १९८० मा १ जिम्बाबियन डलर बराबर लगभग १।५ अमेरिकन डलर विनिमयदर थियो भने सन् २००८ को डिसेम्बर १५ मा १ अमेरिकन डलर बराबर ६ करोड जिम्बाबियन डलर विनिमय दर पुग्यो । १५ दिनपछि डिसेम्बर ३१ मा एक अमेरिकन डलर बराबर २ अर्ब जिम्बाबियन डलर पुग्यो । जिम्बाबेले १ को पछाडि १४ वटा शून्य राखेर पनि नोट निष्काशन गर्‍यो ।

    सन् २००८ मा विभिन्न पत्रपत्रिकाले जिम्बाबेमा एक बोतल पानीको मूल्य १० करोड जिम्बाबियन डलर भन्ने समाचार नै छापेका थिए । रेस्टुरेन्टमा पुग्दा खानेकुराको मूल्य १० लाख हुन्थ्यो, अर्डर दिंदा २० लाख र बिल तिर्दा ३० लाख भइसक्थ्यो । एक बोतल पानी किन्ने पैसाले करोडौंको बैंक ऋण तिर्न सकिन्थ्यो । सबै बैंक टाट पल्टिएका थिए ।

     

    त्यहाँको राष्ट्र बैंकको काम वैदेशिक ऋण लिएर कागज किन्ने र नोट छाप्ने मात्र थियो । सन् २००८ को मध्यतिर २३ करोड प्रतिशत र त्यो वर्षको अन्त्यमा अर्ब प्रतिशत मुद्रास्फीति भएको थियो । त्यो बेला वर्षको शुरूमा १०० पर्ने सामानलाई अन्त्यमा अर्ब पथ्र्यो, जुन कुरा हामीलाई दन्त्यकथा झैं लाग्छ ।

    खैर, जिम्बाबेको चिट्ठा कार्यक्रमतर्फ फर्कौं । एकैछिन पछि उद्घोषक फलोट चावावालाई विजेताको नाम घोषणा गर्न जब नामको चिर्कटो हातमा थमाइयो, त्यो नाम देखेर उनी स्तब्ध त भए नै, झन्डै बेहोश नै भए । विजेताको नाम थियो, ‘रोबर्ट मुगाब्बे ।’

    उनले लर्बराउँदै विजेताको घोषणा गरे तालीको ठूलो गडगडाहट बीच राष्ट्रपति मुगाबे आफैंले हस्ताक्षर गरेको चेक आफैंले पाए । करोडौं जनता भएको जिम्बाबेमा हरेक खाले भाग्यको चिठ्ठाले सिर्फ मुगाब्बेलाई मात्र साथ दिन्थ्यो बीसौं वर्षदेखि । ९ह्वाई नेसन्स फेल, ३९९०

    शायद हामी जस्तो तेस्रो विश्वका जनताको विकासको रेखाचित्र यस्तै कलमले लेखिन्छ होला । किनकि हामी जहिले पनि जादुमयी नेताको अपेक्षा गर्दछौं वा पर्खाइमा हुन्छौं । अनि कोही अलि–अलि काम गर्ने र जनताले चाहे जस्तो भाषण गर्न जान्ने मानिस राजनीतिमा आइपुग्यो भने उसैलाई भगवान् मानेर व्यक्तिपूजा गर्न लाग्छौं ।

    त्यसैले त यो देशमा भगवान्को अवतार भएका धेरै नेता आए तर देशको माटो र सम्भावना बुझेर दिगो विकास गर्न सक्ने र बलियो आर्थिक र सामाजिक प्रणाली विकास गर्न सक्ने परिवर्तनका बाहक नेता भने कहिल्यै आएनन् ।

    यस्तो अवस्थामा समावेशी आर्थिक र सामाजिक संस्थाहरूको निर्माण हुन सक्दैन । असीमित अवसर र सम्भावना सत्ता र नेताको नजिक भएका मानिसहरूलाई मात्र खनिन्छ । असीमित सार्वजनिक सम्पत्तिहरू विकासको नाममा नाममात्रको शुल्क लिएर मुठीभर व्यक्तिमा पुग्छ ।

    कानून र नीति–नियम आवश्यकता अनुसार वक्ररेखामा बांगिन्छन्, दोब्रिन्छन्, खुम्चिन्छन् र तन्किन्छन् । कहिले अध्यादेशको बहानामा त कहिले सरकारको सफलताको मार्गचित्र कोर्ने चाहनामा । तर सिधा र सोझो बाटो हिंड्न खोज्ने मानिसलाई यी वक्ररेखाहरूले यसरी खुट्टामा फाले लगाउँछन् कि उसले पाइला चाल्नै सक्दैन ।

    मैले एक जना सरकारी मित्र चिनेको छु । अल्पसंख्यक इमानदार सरकारी कर्मचारी मध्येमा उनी एक हुन् । लाखौं खर्च गरेर मात्रै भाग्यमा आइपर्ने मालपोतको जागिरको आलु अनायासै एक दिन उनको तालुमा बज्रियो । धेरैलाई भगवान् दाहिना भए जस्तो ठूलो खुसीको कारण बन्न सक्ने त्यो सरुवाले उनको जीवनमा भने ठूलो समस्या र पीडा लिएर आयो, आलु घाँटीमा अड्कियो ।

    उनीहरूलाई लागेको थियो कि घुसको पैसा नदिंदासम्म सरकारी मान्छेहरूले सक्कली काम गरिदिंदैनन् सोही कामको लागि बारम्बार धाउनुपर्छ । मैले हरसम्भव उनीहरूलाई सम्झाउने प्रयास गरें तर उनीहरूले मेरा कुरा विश्वास नै गरेनन् । म खाजा खान गएँ । फर्केर आउँदा पनि उनीहरू मेरै कोठामा पर्खिरहेका थिए । मलाई पैसा दिन
    सरुवा पछि उनको जागिर सिधै वीरगंजको मालपोत कार्यालयमा स्थानान्तरण भयो । त्यहाँको केही दिनको बसाइ पछि उनी यति निस्सासिए कि तुरुन्तै सरुवा गर्न यताउता कुरा गर्न लागे । उनीलाई के लाग्दथ्यो भने मालपोतको जागिरबाट अरू सेवामा जान पक्कै सजिलो छ, किनकि मालपोत कार्यालयमा आउनको लागि धेर–थोर खर्चै गरेर पनि धेरै कर्मचारी तयार हुनेछन् ।

    तर त्यसो भएन किनकि उनलाई अरू सेवामा सरुवा जाने भए पनि केही केही खर्च गर्नै पर्ने हुन्छ भनियो । लगभग ३५र४० हजार बुझाए मात्र अन्यत्र जाने ढोका खोलिदिने खालको कुरा माथिबाट आयो । यसनिम्ति उनी तयार थिएनन् । किनकि त्यसो गर्नु उनकै शब्दमा ‘तावाबाट उम्केर भुंग्रामा पर्नुसरह’ थियो ।

    त्यसैले उनले सरुवाको बाटो त्यागिदिए । अब भने शुरू भए उनका अनौठा र डरलाग्दा वा भनौं अजिब–गरिब दिनहरू । सबैभन्दा पहिला उनलाई थाहा भयो कि यो कार्यालयमा जनताको कुनै पनि काम घुस विना अघि बढ्न सक्दैनथ्यो । कुनै कामलाई कति समय लगाउने कर्मचारीकै तजबिजको कुरा भयो । त्यसमाथि गरिब, निमुखा सोझा–सादा जनता एकातर्फ र समाजका गन्यमान्य कहलाउने राजनीतिज्ञ, व्यापारी र जमिनदार अर्कोतर्फ ।

    उनलाई दिनदिनै धम्की र प्रलोभन आउन लागे कि उनले मानेको भए ठूलो रकमको जग्गा वा पैसा उनले पाउने थिए । तत्कालीन सांसद र नेताहरूबाट बिघाका बिघा सरकारी जग्गा व्यक्तिको नाममा मिलाएर दाखा ९नामसारी० गरिदिन यति ठूलो प्रेसर आउन लाग्यो कि काम नगरिदिएमा ज्यानमै तल–माथि हुन सक्छ भन्ने उनलाई लाग्यो ।

    हरेक दिन घरबाट हिंड्दा कि त निधारमा भ्रष्टाचारीको तिलक लगाएर घर फर्किनुपर्ने कि त घर नै फर्किन नपाइने डरमा निस्कनुपर्थ्यो । कार्यालयमा सबै कर्मचारीको मिलेमतो भइसकेको थियो । उनी मात्र यो सब सेटिङको एक्लो बाधक थिए । त्यसैले कि त बेइमानीको साक्षी र सहयात्री हुनुपर्ने कि त भाग्नुपर्ने नत्र भने ज्यान नबच्ने उनले बुझे ।

    त्यसैले उनले थाहै नदिई कार्यालय छोडे र घर आए । अनि घरबाटै कार्यालयका हाकिमलाई फोन गरेर आफू बिरामी भएकोले तत्काल कार्यालय आउन नसक्ने जानकारी गराए । केही महिनाको दौडधुपपछि उनी आफ्नो जागिर हेटौंडा सरुवा गर्न सफल भए । जागिर जोगियो, ज्यान पनि जोगियो भन्ने उनलाई लाग्यो ।

    हेटौंडाको मालपोतमा पनि तात्विक फरक त पाएनन् उनले तर ज्यान नै जाने खालको अवस्था थिएन । हेटौंडामा उनले जति समय काम गरे, गरिब–निमुखालाई सहज सेवा र ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखेर काम गरे । सेवाग्राही उनकै फाँटमा जान चाहन्थे भने कति सेवाग्राहीले आफूले अर्को फाँट र कर्मचारीबाट राम्रो सेवा पाउन नसकेको गुनासो गर्न पनि आउँथे ।

    त्यसपछि उनी सम्बन्धित फाँटमै गएर सहज रूपमा काम गरिदिन भन्दथे । माथिल्लो तहको कर्मचारी नभएकोले उनले भनेको सबै कुरा त लागू हुँदैनथ्यो तर एक जना कर्मचारी असल र इमानदार हुँदा पनि निकै फरक पर्ने कुरा त्यो बेलाको मालपोत कार्यालय, हेटौंडामा गएर थाहा पाउन सकिन्थ्यो । हाल उनी नेपाल सरकारकै अर्को कार्यालयमा कार्यरत छन् ।

    शनिबार, चैत ०१, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण
    बिनाशुल्क काम गर्छन् भलमनसा
    एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने
    • भर्खरै
    • चर्चित
    • १.
      बालुवाको रोयल्टीमा हिनामिना

    • २.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ३.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • ४.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • ५.
      मर्यादाक्रम विभेद अन्त्यको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र,सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्नेमा जोड

    • ६.
      एनपिएल : विराटनगरको लगातार दोस्रो जित

    • ७.
      अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ७ जना पक्राउ

    • ८.
      दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण

    • ९.
      गर्भपतन गराउने किशोरीमा चुनौती कायमै

    • १०.
      अभियुक्तलाई उन्मुक्ति दिएको आरोप

    • १.
      मर्यादाक्रम विभेद अन्त्यको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र,सर्वोच्चको फैसला कार्यान्वयन हुनुपर्नेमा जोड

    • २.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • ३.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ४.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • ५.
      बालुवाको रोयल्टीमा हिनामिना

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.