काठमाण्डौ – पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् ।
सुङ्ग्रेपानीबाट मालिका–४, चिउरीबोटतर्फ जाँदै गरेको ग१ज ५६१२ नम्बरको जीप दुर्घटना हुँदा चिउरीबोटका ३१ वर्षीय नगेन्द्र रसाइलीको घटनास्थलमा ज्यान गएको इलाका प्रहरी कार्यालय दरबाङले जनाएको छ । घाइते सबैको दरबाङ आधारभूत अस्पतालमा उपचार भइरहेको छ ।