धनगढी_ कैलालीमा सुस्त मनस्थितिकि किशाेरीलाई जबर्जस्तीकरणी गरेकाे आराेपमा १६ वर्षीय किशोरीलाई पक्राउ गरिएको छ ।
बुधबार साँझ साढे ४ बजे कैलारी गाउँपालिका-८ बस्ने किशोरले १५ वर्षीया मानसिक रूपमा सुस्त किशाेरीलाई जबर्जस्तीकरणी गरेकाे भन्दै खबरप्राप्त भएपछि खटिएको प्रहरी टाेलीले उनलाई पक्राउ गरिएको हाे ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) डीएसपी कबिन्द्र सिंह बाेहराले किशाेरलाई पक्राउ गरेर नियन्त्रणमा राखिएको बताए ।
पीडित किशाेरीलाई स्वास्थ परीक्षणका लागि सेती प्रादेशिक अस्पताल पठाइएको छ ।