हेटौंडा —क्षेत्रीय कारागार भीमफेदी र बाल सुधारगृहमा रहेका ८ जना कैदीबन्दीले एसईई परीक्षा दिइरहेका छन् ।
भीमफेदी कारागारबाट ६ जना कैदीबन्दी र हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित बाल सुधारगृहबाट २ जना परीक्षामा सहभागी छन् ।
एसईई परीक्षामा भीमफेदी कारागारमा सवारी ज्यान, जबरजस्तीकरणी, डाँका, चोरी र लागुऔषध मुद्दामा जेलजीवन बिताइरहेका ३ जना बन्दी र ३ जना कैदीले एसईई परीक्षा दिइरहेको जेलर तिर्थराज पौडेलले जानकारी दिए ।