• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   आइतबार, फागुन ०३, २०८२ | Sunday 15th February 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
  • ४ दिन अगाडि

एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
  • ७ दिन अगाडि

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
  • १ हप्ता अगाडि

बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने
  • १ हप्ता अगाडि

प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित
  • १ हप्ता अगाडि

सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य
  • ३ हप्ता अगाडि

अत्यन्त जरुरी सूचना !!
  • ४ हप्ता अगाडि

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • १ महिना अगाडि

शर्मा पुरस्कृत
  • १ महिना अगाडि

Advertisement

कैलालीको सिमली वनमा विदेशीको जमघट, २४ घण्टाभित्र ठाउँ छाड्न सीडीओको निर्देशन

  •  संवाददाता
  • शुक्रबार, चैत ०७, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    धनगढीः कैलालीमा एक सय भन्दा बढि विदेशी नागरिक अनुमति बिना वन क्षेत्रमा बसिरहेको पाइएको छ।

    जिल्लाको घोडाघोडी नगरपालिका–९ को सिमली जंगलमा करीब हप्ता दिनदेखि भारत, अमेरिका, चिन लगायतका देशका एक सय भन्दा नागरिक बसोबास गरेर अस्वभाविक गतिविधी गर्दै आएको पाइएको छ। रेन्बो फेमली ग्यादरिङ नाम दिएर समूहमा आएका उनीहरुले कुनै पनि निकायबाट अनुुमति नलिएको पाइएपछि कैलालीका प्रमुुख जिल्ला अधिकारी गोगनबहादुर हमालले २४ घण्टाभित्र गन्तव्यमा जान निर्देशन दिएका छन्।

    विदेशी नागरिक वन क्षेत्रमा बसेर अर्धनग्न हुने, आपसीमा अस्वभाविक गतिविधी गर्ने जस्ता गुनासा आएपछि बिहीबार जिल्लास्थित सुरक्षा निकायका प्रमुखसहित सिमली जंगल क्षेत्रमा पुगेका प्रमुख जिल्ला अधिकारी हमालले २४ घण्टाभित्र गन्तव्यतर्फ जान निर्देशन दिएका हुन्।

    निर्देशनअनुसार वन क्षेत्र छाडेर गन्तव्यतर्फ नलागे प्रचलित कानुनबमोजिम कारवाही हुने चेतावनी समेत दिइएको छ। ‘जंगल क्षेत्रमा विगत हप्ता दिनदेखि विदेशी नागरिक बस्दै आएको र उनीहरुले अस्वभाविक गतिविधी गरिरहेको गुनासो प्राप्त भएपछि बिहीवार त्यहाँ पुगेका थियौँ,’ प्रजिअ हमालले भने, ‘उहाँहरु कुनै निकायको अनुमती नलिएर सिमलीको वन क्षेत्रमा बस्दै आएको देखिएको छ। सबै जनालाई २४ घण्टाभित्र गन्तव्यमा जान निर्देशन दिइएको छ।’अनुगमनका क्रममा कुराकानी गर्दा उनीहरुले प्रमुख जिल्ला अधिकारीलाई आफूहरु प्रकृतिमा रमाउने मान्छेहरु(नेचर लभर) भएको बताउँदै यसरी विभिन्न देशमा पुगेर बस्ने गरेको बताएका थिए। तर नेपाल सरकारका कुनै पनि निकायबाट अनुमति नलिएको पाइएकाले उनीहरुलाई जंगल क्षेत्र छाड्न स्थानीय प्रशासनले निर्देशन दिएको हो।

    यद्यपी अनुगमनका क्रममा उनीहरुले शान्ति, सुरक्षामा असर पर्ने खालका गतिविधी गरेको नपाइएपछि कुनै निकायबाट अनुमति नलिइको देखिएको प्रशासनले जनाएको छ।घोडाघोडी नगरपालिकाकै केही स्थानीयले विदेशी नागरिकसँग समन्वय गरिरहेको कुरा समेत सार्वजनिक भएको छ। सोही विषयमा समाचार सम्प्रेषण गरेपछि सुखडका पत्रकार प्रकाश मिश्रमाथि बिहीवार दिउँसो हातपात समेत भएको छ।

    मिश्रमाथि घोडाघोडी नगरपालिका–१० को पहलमानपुरको सृजना होटेलका सञ्चालक ४० वर्षीय चेतबहादुर सिंह र सोही नगरपालिका–१ को अजुवा क्याफेका सञ्चालक ४८ वर्षीय डबलबहादुर शाहले हातपात गरेका हुन्। मिश्रले विदेशी नागरिक घोडाघोडीको जंगल क्षेत्रमा बसेर अस्वभाविक र रहस्यमय गतिविधी गरिरहेको र त्यसमा होटल व्यवसायी शाहले समन्वय गरिरहेको समाचार लेखेका थिए। सोही विषयलाई लिएर उनीमाथि हातपात भएको हो।

    मिश्रमाथि हातपात गरिएको घटनाको पत्रकार महासंघको जिल्ला र प्रदेश कार्य समिति तथा विभिन्न संघसंगठनले विरोध जनाउँदै दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गरेका छन्। इलाका प्रहरी कार्यालय सुखडले हातपातमा संलग्न मध्येका शाहलाई भने नियन्त्रणमा लिएको जनाएको छ

    शुक्रबार, चैत ०७, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने
    एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म
    बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
    • भर्खरै
    • चर्चित
    • १.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    • २.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • ३.
      बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु

    • ४.
      बैतडी बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने, घाइतेको उपचार खर्च व्यहोर्ने

    • ५.
      प्रेस चौतारीको २८औँ स्थापना दिवसमा अक्षयकोष घोषणा: सुदूरपश्चिमका पाँच पत्रकार र दुई शाखा सम्मानित

    • ६.
      सुदूरपश्चिमका २९ अधिकृतलाई ३५ दिने विशेष प्रशिक्षण,सेवा प्रवाहमा ‘नयाँ मोड’ ल्याउने लक्ष्य

    • ७.
      अत्यन्त जरुरी सूचना !!

    • ८.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • ९.
      शर्मा पुरस्कृत

    • १०.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • १.
      एमाले उम्मेदवार न्यौपानेको ‘भिजन ८२’: सुकुम्बासी समस्याको स्थायी समाधानदेखि कर्णाली करिडोरसम्म

    • २.
      धनगढीमा ३० करोडको लगानीमा ‘केयरटेकर अस्पताल’ सञ्चालन: सरकारी दरमा गुणस्तरीय उपचार पाइने

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.