काठमाण्डौ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४ सम्म आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताउनुभएको छ ।
आज वीरगञ्जमा सञ्चारकर्मीसँग उहाँले आफू ८४ सम्म नागरिककै साथमा रहने बताउनुभयो । सरकारमा हुँदा एउटा र प्रतिपक्षमा हुँदा अर्को भन्ने कुरा माओवादीमा लागू नहुने अध्यक्ष प्रचण्डको भनाइ छ ।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भ्रष्टाचारीलाई जोगाउने, बेथिति बढाउने, अराजकता बढाउने काम वर्तमान सरकारले गरिरहेको समेत आरोप लगाउनुभयो । साथै उहाँले आर्थिक विकासको गति दिन सरकारमा हुँदा जोड दिएको पनि बताउनुभयो ।