• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   शनिबार, मङि्सर २८, २०८२ | Saturday 13th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • ८ घण्टा अगाडि

इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
  • ८ घण्टा अगाडि

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
  • ४ दिन अगाडि

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
  • ४ दिन अगाडि

पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
  • ४ दिन अगाडि

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
  • ४ दिन अगाडि

नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता
  • ४ दिन अगाडि

मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
  • ४ दिन अगाडि

बालुवाको रोयल्टीमा हिनामिना
  • १ हप्ता अगाडि

Advertisement

दलित सशक्तीकरण विधेयक पारित

  •  संवाददाता
  • सोमबार, चैत १०, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सुर्खेत,। कर्णाली प्रदेशका दलित समुदायको सशक्तीकरण र जीवनस्तर प्रवर्धन गर्नका लागि करिब छ वर्षअगाडि तयार भएको दलित सशक्तीकरण विधेयक बिहीबार कर्णाली प्रदेश सभाबाट पारित भएको छ । निकै लामो प्रयासका वाबजुद प्रदेश सभा बैठकबाट दलित समुदायको सशक्तीकरण र जीवनस्तर प्रवर्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संशोधनसहित पारित भएको हो ।

    उक्त विधेयक दुई पटक कर्णाली प्रदेश सभामा टेबुल भएको थियो । प्रदेश सभाको पहिलो कार्यकालमा दर्ता भए पनि अवधि सकिएकाले उक्त विधेयक निष्क्रिय बनेको थियो भने दोस्रो कार्यकालमा दर्ता भए पनि त्यसमा विभिन्न बुँदामा संशोधन परेपछि सामाजिक विकास समितिमा पुगेको थियो । उक्त विधेयकमा ५२ वटा संशोधन परेको र २९ बुँदामा संशोधन भएपछि विधेयक पारित भएको हो ।

    मूल विधेयकमा प्रदेशभित्र हुने जातीय विभेद, छुवाछुतसम्बन्धी नीति कानुन, कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि समन्वय गर्न, सहयोग र सहजीकरण गर्न, विभेदका घटनाको अध्ययन अनुसन्धान तथा अनुगमन गर्न दलित समुदाय सशक्तीकरण र जीवनस्तर प्रवर्धन समिति प्रदेशका मन्त्रीको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गर्ने भन्नेमा लामो समय विवाद भएको थियो । सामाजिक विकास मन्त्रालयले विधेयक पठाउने तर मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका कर्मचारीले आर्थिक भार बढी हुने भन्दै फिर्ता पठाउने गरेका थिए । त्यसमा दलित प्रदेश सभा सदस्यसहित अधिकारकर्मीले पारित गराउनका लागि दबाब दिने क्रम चलिरहेको थियो ।

    यी विभिन्न विषयमा मूल विधेयकमा ५२ वटा बुँदामा संशोधन परेको थियो । सामाजिक विकास समिति र प्रदेश सभा बैठकमा लामो बहस भएपछि २९ बुँदामा संशोधन भई उक्त विधेयक पारित भएको छ । कर्णाली प्रदेश सभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलले मुख्य मुख्य बुँदामा संशोधन गरी बिहीबार उक्त विधेयक पारित भएको जानकारी दिनुभयो । मूल विधेयकमा रहेको उक्त समितिमा ‘कम्तीमा एक जना महिलासहित तीन जना’ भन्ने शब्दको सट्टा ‘कम्तीमा दुई जना महिलासहित चार जना’ भन्ने शब्द राखिएको उहाँले बताउनुभयो । यस्तै सो समितिमा सुरुमा राष्ट्रिय मानव अधिकार आयोगको प्रतिनिधिलाई पनि राखिएकोमा त्यसमा आयोगको प्रतिनिधि नरहने भनी संशोधन गरिएको छ । यसै गरी दलित समुदायबाट सञ्चालित परम्परागत पेसा, व्यवसायको व्यवसायीकरणको प्रवर्धन गर्न मन्त्रालयसँग समन्वय गर्ने, आवास र भूमिहीन, बादी, गन्धर्व, हलिया, बालिघरे, सुकुमवासी दलित समुदायको तथ्याङ्क सङ्कलन गरी मन्त्रालयमा पेस गर्ने, प्रदेशभित्रका दलित समुदायको आर्थिक, सामाजिक, राजनीतिक, प्रशासनिक तथा सांस्कृतिक अवस्थाको अध्ययन गरी मन्त्रालयसमक्ष प्रतिवेदन पेस गर्ने, जातीय विभेद तथा छुवाछुतसम्बन्धी घटनाको तथ्याङ्क सङ्कलन तथा विश्लेषण गरी मन्त्रालयसमक्ष पेस गर्ने बुँदा संशोधनपछि थपिएको छ ।

    पारित भएको विधेयकले दलित प्रदेश सभा सदस्यले महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन् । दलित प्रदेश सभा सदस्य रणसिंह परियारले यस विधेयकमा ५२ बुँदामा संशोधन परे पनि व्यापक छलफल गरी २९ बुँदामा संशोधनसहित पारित गरिनु दलितको पक्षमा उपलब्धिमूलक भएको बताउनुभयो । उहाँले २९ प्रतिशत दलित रहेको कर्णालीमा दलितको पक्षमा कानुन नहुँदा योजना तथा काम गर्न कठिनाइ भएको बताउँदै अब भने संशोधन गर्दै काम गर्दै जान सहज हुने जनाउनुभयो । उहाँले विधेयक प्रमाणीकरण भएपछि कार्यान्वयन गर्दै, आवश्यकताका आधारमा संशोधन गर्दै अगाडि बढ्न सकिने भएकाले सकारात्मक रूपमा लिनुपर्ने बताउनुभयो ।

    यस्तै दलित अधिकारकर्मीले पनि विधेयक पारित हुनु दलितको पक्षमा कानुन बन्नु सुखद भएको जनाएका छन् । दलित अधिकारकर्मी मन्जु सुनारले विगतमा थिएन तर अहिले पारित भएपछि कानुन बन्ने हुँदा यसलाई सुखद मान्नुपर्ने बताउनुभयो ।

    सोमबार, चैत १०, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
    इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
    सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
    • भर्खरै
    • चर्चित
    • १.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • २.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ३.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ४.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ५.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ६.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ७.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ८.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ९.
      बालुवाको रोयल्टीमा हिनामिना

    • १०.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • १.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • २.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ३.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ४.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ५.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ६.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ७.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ८.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.