• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, पुष २९, २०८२ | Tuesday 13th January 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • ६ दिन अगाडि

शर्मा पुरस्कृत
  • १ हप्ता अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ हप्ता अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ हप्ता अगाडि

नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?
  • २ हप्ता अगाडि

स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
  • २ हप्ता अगाडि

“मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”
  • ३ हप्ता अगाडि

विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना
  • ३ हप्ता अगाडि

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • १ महिना अगाडि

Advertisement

बर्दगोरिया–३ मा मुक्त कमैयाका लागि २१ घर निर्माण कार्यका लागि शिलान्यास

  •  संवाददाता
  • मङ्गलबार, चैत २५, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    बर्दगोरिया । सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, बर्दगोरिया गाउँपालिकाको कार्यालय, Habitat for Humanity Nepal र RDN नेपालको संयुक्त लगानीमा मुक्त कमैयाहरूका लागि घर निर्माण कार्यको शिलान्यास गरिएको छ।

    बर्दगोरिया गाउँपालिका–३ स्थित मुक्त कमैया शिविर खैरेनीमा २१ वटा घर निर्माणको आज प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा र गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले संयुक्त रूपमा शिलान्यास गर्नु भएको हो ।

    शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले मुक्त कमैयाहरूको पुनर्स्थापना र सामाजिक सम्मानका लागि प्रदेश सरकार पूर्ण रूपले प्रतिवद्ध रहेको बताउनुभयो। उहाँले आवास अधिकारलाई मानव अधिकारको महत्वपूर्ण अङ्ग मानेर यस्ता योजनालाई अझ विस्तार गरिने जानकारी दिनुभयो।

    मन्त्री थापाले आगामी आर्थिक बर्षमा मुक्त कमैया, मुक्त कमलरी र हलियाको व्यवस्थापनमा स्थानिय तहले डाटा संकलन गरे पठाए सरकार लागि पर्ने बताए । उनले भने आगामी आर्थिक बर्षमा कैलाली र कंचनपुरका मुक्त कमैया, मुक्त कमलरी र हलियाको व्यवस्थापन गरेर सबै नागरिकले पाउने नैसर्गिक अधिकार स्थापना गर्न प्रदेश सरकार र आफ्नो मन्त्रालयको पुर्ण साथ रहने प्रतिबद्धता जनाए ।

    मन्त्रालयले करिब ६१ लाख बराबरको बजेटबाट वडा नम्बर ३ का २१ घर, परिवारलाई सुरक्षित आवासका लागि बजेट वितरण गरिएको मन्त्री थापाले जनाए।

    बर्दगोरिया गाउँपालिका अध्यक्ष कुँवरले बर्दगोरिया भित्रका भूमिहीन र विस्थापित समुदायलाई व्यवस्थित आवाससहितको जीवनशैलीमा रूपान्तरण गर्न पालिका कटिबद्ध रहेको बताउनुभयो । साथै पालिका अध्यक्ष कुँवरले बर्दगोरियामा निर्माण गरिन लागेका घरहरुमा साथ सहयोग गर्ने संघ संस्था र मन्त्रालयलाई धन्यवाद दिदै आगामी दिनमा बाकी रहेका मुक्त कमैयाहरुको शुरक्षित आवासमा सबैको साथ सहयोगको अपेक्षा गरेको बताए । साथै अध्यक्ष कुँवरले साझेदारीमा बन्ने घर हरुमा पालिकाको पुर्ण सहयोग रहने प्रतिबद्धता जनाए ।

    Habitat Nepal तथा RDN नेपालका प्रतिनिधिहरूले प्राविधिक र आर्थिक सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाएका छन्। निर्माण हुन लागेका घरहरू सुरक्षित, टिकाउ र वातावरणमैत्री हुने जनाइएको छ।

    राष्ट्रिय दलित नेटवर्कका कार्यक्रम संयोजक चक्र आग्रीको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा राष्ट्रिय दलित नेटवर्कका अध्यक्ष मोहन ओड, सुदुरपश्चिम प्रदेश भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका नापी अधिकृत धर्मेन्द्र ओझा, बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष मनऋषी आचार्य लगाएतकाले मुक्त कमैयाका घर निर्माणमा सबैको साथ सहयोगको आवश्यकता रहेको बताए । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समुदायका सदस्य, सरोकारवाला निकाय र नागरिक समाजका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

    मङ्गलबार, चैत २५, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
    शर्मा पुरस्कृत
    सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • २.
      शर्मा पुरस्कृत

    • ३.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ४.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ५.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • ६.
      स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया

    • ७.
      “मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”

    • ८.
      विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना

    • ९.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • १०.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.