• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   आइतबार, कार्तिक २४, २०८२ | Sunday 9th November 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न
  • ३ हप्ता अगाडि

डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार
  • ४ हप्ता अगाडि

सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना
  • ४ हप्ता अगाडि

स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार
  • १ महिना अगाडि

पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी
  • १ महिना अगाडि

धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी
  • १ महिना अगाडि

२२ वर्षपछि भियतनामसँग भिड्दै नेपाल
  • १ महिना अगाडि

ब्याज पाउने लोभमा आफ्नै पैसा पाउन हैरानी
  • १ महिना अगाडि

लोप हुदैँ मुङ्ग्रहवा नाच 
  • १ महिना अगाडि

Advertisement

कैलाली बहुमुखी क्याम्पसको स्ववियुमा नेविसंघका सन्तोष पन्त

  •  संवाददाता
  • शुक्रबार, चैत २८, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    धनगढी । कैलाली बहुमुखी क्याम्पस (केएमसी) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)मा विद्यार्थी संघ (नेविसंघ)ले पुनरागमन गरेको छ। सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको आंगिक क्याम्पसका रूपमा रहेको केएमसीमा हालै सम्पन्न स्ववियु निर्वाचनमा नेविसंघले बहुमतसहित नेतृत्व पुनः प्राप्त गरेको हो। निर्वाचनको अन्तिम मत परिणामअनुसार सभापतिमा नेविसंघका उम्मेदवार सन्तोष पन्त ८२७ मतसहित विजयी भएका छन्। पन्त यसअघि स्ववियु सचिव थिए। उनका प्रमुख प्रतिस्पर्धी अखिल (क्रान्तिकारी) का पवन सुनारले ५५८ मत प्राप्त गरे भने वर्तमान सभापति रहेका अनेरास्ववियुका यमराज जोशीले ४२७ मत ल्याए। यस्तै, एकीकृत समाजवादी निकट अनेरास्ववियूका उम्मेदवार सुनिलराज जोशीले ६८ र नेविसंघकी बागी उम्मेदवार अम्बिका चौधरीले ९२ मत प्राप्त गरे। सचिव पदमा नेविसंघका ओमप्रकाश वस्ती विजयी भए भने कोषाध्यक्ष पदमा अखिल (क्रान्तिकारी) का धर्मराज तिमल्सिना विजयी भए। नेविसंघकी उम्मेदवार प्रमिला शाह कोषाध्यक्ष पदमा चार मतले पराजित भइन्। क्याम्पसमा कूल ३५०० बढी विद्यार्थी मतदाता रहेकोमा हालै सम्पन्न मतदानमा २,०५७ मत खसेको थियो। केएमसीमा हालसम्म १४ जना सभापति निर्वाचित भइसकेका छन्। तीमध्ये ७ जना नेविसंघ, २ जना नेविसंघकै बागी र ५ जना अनेरास्ववियुबाट निर्वाचित भएका थिए। नेविसंघले यसअघि २०४७ सालमा तपराज जोशीको नेतृत्वमा सभापति जितेको थियो। त्यसपछि २०५३ मा हरि रेग्मी र २०५५ मा प्रकाश बोगटी बागी उम्मेदवारीमार्फत विजयी भएका थिए। त्यसबाहेक २०५१ सालदेखि २०७९ सालसम्म स्ववियु सभापतिमा अनेरास्ववियुले विजय हात पारिरहेकोमा यो पटक नेविसंघले लामो समयपछि आफ्नो वर्चस्व पुनः स्थापित गरेको हो। सुदूरपश्चिम क्षेत्रमै सबैभन्दा धेरै विद्यार्थी अध्ययनरत यस क्याम्पसमा नेविसंघको विजय ऐतिहासिक मानिएको छ।

    शुक्रबार, चैत २८, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न
    डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार
    सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना
    • भर्खरै
    • चर्चित
    • १.
      ‘स्वच्छ खाना र सुखद भविष्य’को नारासहित बेदकोटमा ४५ औं विश्व खाद्य दिवस भव्यताका साथ सम्पन्न

    • २.
      डडेल्धुरामा ‘खुला वडास्तरीय भलिबल महासंग्राम’: ४० हजार प्रथम पुरस्कार

    • ३.
      सुदूरपश्चिम प्रहरीको नेतृत्वमा डीआईजी ओम बहादुर राना

    • ४.
      स्थानीय तहमा करारदेखि सल्लाहकारसम्मको भार

    • ५.
      पालिका अध्यक्षको घरमा सरकारी खर्चमा एसी

    • ६.
      धनगढीमा दर्ताविहीन फार्मेसी र क्लिनिकलाई स्वास्थ्य कार्यालयको चेतावनी

    • ७.
      २२ वर्षपछि भियतनामसँग भिड्दै नेपाल

    • ८.
      ब्याज पाउने लोभमा आफ्नै पैसा पाउन हैरानी

    • ९.
      लोप हुदैँ मुङ्ग्रहवा नाच 

    • १०.
      किसानलाई बाली भित्र्याउन सकस

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.