गोदावरी – कैलालीको गोदावरी नगरपालिका– ७ लालपुरमा रहेको श्री ग्वासी समैजी तथा श्री प्रकटेश्वर शिव मन्दिरमा महायज्ञ लाग्ने भएको छ । मन्दिरमा यही वैशाख २३ गतेदेखी श्रीमद्भागवात् पितृ मोक्ष सप्ताह ज्ञानविज्ञान महायज्ञ लाग्ने भएको हो ।
प्रकटेश्वर शिव मन्दिर व्यवस्थापन समितिको आयोजनामा यही वैशाख २९ गतेसम्म महायज्ञ लाग्ने बताईएको छ । दुवै मन्दिरहरुको सर्वाङ्गीण विकासका लागि महायज्ञ आयोजना गर्न लागिएको मुल आयोजक समितिका सचिव बिर्जराज उपाध्यायले जानकारी दिए । उनले दुवै मन्दिरहरुमा विभिन्न धार्मिक कार्यहरु हुने गरेका बताए ।
उनले महायज्ञले मन्दिरहको सर्वाेपरी विकासमा सहयोग पु¥याउने अपेक्षा लिएको बताए । महायज्ञको प्रमुख कथावाचकका रुपमा नेपाली भाषाका श्रृङ्गारिक प्रखर कथा वाचक अध्युत शरण महाराज (धिताल) रहेका छन भने यज्ञाचार्य पण्डित हरेन्द्र प्रसाद जोशी रहेका छन ।
यस्तै बालसंस्कार अभियन्ता समिक्षा दास गिरीले पनि बाचन गर्ने कार्यक्रम रहेको मुल आयोजक समितिका सचिव उपाध्यायले बताए ।