• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, बैशाख ३०, २०८२ | Tuesday 13th May 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

हिमालबाट ७७ करोड रोयल्टी सङ्कलन
  • ८ घण्टा अगाडि

१६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने न्युजिल्यान्डको प्रस्ताव
  • ८ घण्टा अगाडि

धनगढीका एक युवकको पलिया जाँदै गर्दा दुर्घटनमा मृत्यु
  • ८ घण्टा अगाडि

चार्जिङमा राखिएको विद्युतीय स्कुटरमा आगलागी
  • ९ घण्टा अगाडि

कैलालीमा मोटरसाइकल र हायस ठोकिदा एक जनाको मृत्यु
  • ९ घण्टा अगाडि

धनगढी गाउँ–जुगेडा जोड्ने सडकको एउटा खण्ड कालोपत्रे
  • १४ घण्टा अगाडि

माइतीघर हिडेकी कैलालीकी लीला तीन दिनदेखि सम्पर्क विहीन
  • १४ घण्टा अगाडि

कैलालीमा लागूऔषधसहित ३ जना युवक पक्राउ
  • १५ घण्टा अगाडि

आज २५६९औँ बुद्धजयन्ती मनाइँदै
  • १५ घण्टा अगाडि

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकीय गन्तव्य

  •  संवाददाता
  • शनिबार, बैशाख २०, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कञ्चनपुरः शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज दुर्लभ वन्यजन्तु र वनस्पतिका लागि प्रख्यात छ।

    शान्त वातावरण, प्रशस्त घाँसे मैदान र थोरै क्षेत्रफलमा धेरै दुर्लभ वन्यजन्तु र वनस्पति वन्य जन्तु हेर्न मिल्ने भएकाले यहाँ भ्रमण गर्ने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवेशद्वारबाट २४ किलोमिटरको दुरीमा शुक्लाफाँटमा घासे मैदान (फाँट)छ। जुन फाँटमा एकै पटक सयौँ बाह्रसिङ्गाको झुण्ड देख्न सकिन्छ। फाँटाको विशाल घाँसे मैदानमा मयुर नाचेको दृश्य , पाठेबाघ र गैँडा देख्न सकिन्छ।

    शुक्लाफाँटा घुम्ने मुख्य याम फागुनदेखि असारसम्म हो। बसन्त ऋतुमा त शुक्लाफाँटामा पूmलने रङ्गीविरङ्गी पूmलहरु र निकुञ्जभित्र अन्य थुप्रै साना–ठूला धेरै फाँटामा विभिन्न प्रजातीका चराचुरुङ्गी देख्न पाइन्छ। निकुञ्जको पुर्वीसेक्टरमा हिरापुर फाँटा छ त्यहाँ कृष्णसार संरक्षण गरिएको छ। शुक्लाफाँटाभित्रै रानी ताल छ। त्यहाँ रानी ताल सँगसँगै अन्य स–साना ताल पनि छन्। त्यहाँ प्रशस्त रुपमा गोही र चराचुरङ्गी देख्नपाइन्छ।

    वन्यजन्तु मात्रै नभईदुर्लभ वनस्पतिको लागि पनि शुक्ला फाँटा प्रसिद्ध ठाउँ हो। निकुञ्जमा १२ प्रजातिका घस्रने वन्यजन्तु रहेका छन् भने २० प्रजातिका उभयचर, २४ प्रजातीका माछा, ३५ प्रजातीका पुतलीर ४४९ भन्दा बढि प्रजातीका चरा रहेको निकुञ्ज कार्यालयले जनाएको छ। विश्वमै दुर्लभ मानिएको सारस, खरमजुर, सिमतित्रा, राजधेश र लेसर भुडीफोरजस्ता वन्यजन्तु पनि छन्। स्तनधारी वन्यजन्तुमा ५३ वटाभन्दा बढी प्रजाती रहेका छन्। जसमा पाटेबाघ, एकसिङ्घे गैँडा, हात्ती बाह्रसिँगा, कृष्णसार, सालक, निलगाई, चितुवा चितल, लगुना, रतुवा, हिसपीड खरायो, बदेल आदि रहेका छन्।

    तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्र सिङ्गेका लागि प्रसिद्ध मानिन्छ। निकुञ्जमा दुई हजार ३२३ बढी बाह्रसिङ्गा छन् । यहाँ घुम्न आउने पर्यटकले बाह्रसिङ्गाको झुण्ड देख्न पाउँछन्। त्यसैगरी २५ जङ्गली हात्ती, १६ एकसिङ्गे गैँडा, ४२ पाठेबाघ छन् । निकुञ्जको विश्व कै सबैभन्दा ठुलो घासे मैदानमा पनि यसको विशेषता हो। जङ्गली हात्ती, पाटेबाघ, चितुवा, बाह्रसिङ्गा, जरायो, चित्तलजस्ता स्तनधारी जनावर यस निकुञ्जका प्रमुख वन्यजन्तु हुन्। रानी ताल तथा अन्य स–साना तालमा मगर गोही प्रशस्त पाइन्छन्। रैथाने र बसाइँ सरी आउने गरी ४४९ भन्दा बढी चराचुरुङ्गी पाइन्छन्।

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले निकुञ्ज कार्यालयले पर्यटकको सहजताका लागि काम गरिरहेको बताए। ‘पछिल्लो समय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ।’ उनले भने, ‘शुक्ला फाँटा पर्यटकका लागि उपयुक्त गन्तव्य हो।’ उनकाअनुसार चालु आर्थिक वर्षको कात्तिकदेखि चैत मसान्तसम्म शुक्लाफाँटामा दुई हजार ३८८ पर्यटकले निकुञ्ज भ्रमण गरेका छन्। यसमा सार्कका ९० जना पर्यटकले निकुञ्ज भ्रमण गरेका भने ११७ जना विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेका छन्। त्यसैगरी दुई हजार १८१ जना नेपाली पर्यटकले निकुञ्ज भ्रमण गरेका छन्। असारसम्म निकुञ्ज भ्रमण गर्ने मुख्य सिजन भएकाले पर्यटकको सङ्ख्या अझै बढ्ने निकुञ्ज कार्यालयले जनाएको छ।

    शुक्लाफाँटामा बाह्रसिङ्गा, बाघ, गैँडालगायत दुर्लभ वन्य जन्तु एकै ठाउँमा देखिने भएपनि यहाँ बाह्य प्रर्यटक पुग्ने गरेका छन्। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका नेचर गाइड विष्णुप्रसाद पनेरुले निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि भएको बताए। “सबैभन्दा बढी फ्रान्स र स्पेनका पर्यटक यहाँ घुम्न आउँछन्।’ उनले भने, ‘यहाँ आउने विदेशी पर्यटकले थोरै ठाउँमा धेरै वन्य जन्तु देखिने भएकाले शुक्लाफाँटा मन पराउँछन।’ उहाँका अनुसार यहाँ नेपाली र छिमेकी मुलुक भारतसमेतबाट पर्यटक यहाँ आउने गरेका छन्। ‘यहाँको विशाल घाँसे मैदान, चराचुरङ्गी, शान्त वातावरण विदेशीले एक दमै मन पराउँछन्।’ गाइड पनेरुले भने, ‘फाँटामा एकै ठाउँमा विभिन्न प्रजातिका चरा, बाह्रसिंगा, बाघ, गैडालगायत दुर्लभ वन्यजन्तु देखिँदा विदेशी धेरै खुसी हुन्छन्।’ उनकाअनुसार शुक्लाफाँटामा रिर्सचका लागिसमेत पर्यटक आउने गरेका छन्।

    शुक्लाफाँटामा दुर्लभ वन्यजन्तु र वनस्पतीका लागि प्रख्यात रहेपनि यहाँ बाह्य प्रर्यटक पुग्ननसकेको यहाँका स्थानीय बताउँछन्। ‘शुक्लाफाँटा पर्यटकका लागि यो उत्कृष्ट गन्तव्य हो यसले सुदूरपश्चिमकै आर्थिक क्रान्ती गर्न महत्वपूर्ण सहयोग पुग्छ।’ स्थानीय रमेश पन्तले भने–‘यहाँबाट भारतका ठुला शहर धेरै नजिक छन् त्यसैले विदेशीपर्यटक भित्र्याउन सके आर्थिक क्रान्ति हुन्छ।’ उनले शुक्लाफाँटा मात्रै नभइ नजिकै रहेको दोधारा चाँदनी झोलुङ्गेपुल, झीलमीलताललगायतका सहायक गन्तव्य रहेको बताउँदै राज्यस्तरबाट पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए। पछिल्लो समय पश्चिमी सीमानाका गड्डाचौकी भएर नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्यासमेत बढ्दै गएकाले पर्यटकको सहजताका लागि तीनवर्ट तहका सरकारले लाग्नुपर्ने उनले बताए।

    अध्यागमन कार्यालय गड्डा चौकीकाअनुसार पछिल्लो दुई वर्षयता विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ। पछिल्लो समय यो नाका भएर नेपालका विभिन्न शहर घुम्न आउने विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको अध्यागमन कार्यालयका प्रमुख कृष्णा नन्द जोशी बताउँछन्। ‘यहाँबाट अहिले विदेशी पर्यटक भित्रिने क्रम बढ्दो छ।’ जोशीले भने, ‘यो वर्ष विगतको तुलनामा अझै बढ्ने अनुमान गरेका छौँ।’ उनका अनुसार सन् २०२३ मा गड्डाचौकीनाका भएर ९८३ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए। त्यसैगरी सन् २०२४ मा नेपाल आउने विदेशी पर्यटकको सङ्ख्या बढेको छ। सन् २०२४ मा एक हजार १५४ जना विदेशी पर्यटक यो नाका भएर नेपाल आएका छन्। सन् २०२५ को हालसम्म ४५९ विदेशी पर्यटक नेपाल आएका छन्। यस वर्ष मार्चमा मात्रै २८९ जना नेपालप्रवेश गरेका छन्।

    गड्डाचौकी नाकाबाट भित्रिने पर्यटक पोखरा, बर्दिया, चितवन, लुम्बिनीलगायत ठाउँ घुम्नका लागि जाने गरेका छन्। यो नाकाबाट फ्रान्स, इटाली, स्पेन, कोरिया, जर्मन, अष्ट्रेलिया, रसिया, युके, युएसए, अर्जेन्टिनालगायत देशका नागरिक आउने गरेका छन्।

    कोरोना महामारीका कारण सुनशान बनेको पर्यटकीय क्षेत्र पुनःचहलपहल हुन थालेको छ। शुक्लाफाँटा राष्ट्रय निकुञ्जमा आर्थिक वर्ष ०७७/७८ मा दुई हजार ९३५ पर्यटकले भ्रमण गरेका थिए। जसमा सार्क मुलुकका पाँच जना र विदेशी तीन जना मात्रै थिए । आर्थिक वर्ष ०७८ /७९ मा दुई हजार ७२९ जनाले निकुञ्ज भ्रमण गरेकोमा सार्क मुलुकका १०५जना र विदेशी ४०५ जना रहेका थिए। त्यसैगरी आर्थिक वर्ष ०७९/८०मा तीन हजार ५५७ जनाले निकुञ्ज भ्रमण गरेका थिए। जसमा सार्क मुलुकका १५८ र विदेशी १२१ जनाले निकुञ्ज अवलोकन गरेका थिए। त्यसैगरी आर्थिक वर्ष २०८०/८१मा चार हजार २९४ जनापर्यटकले निकुञ्ज भ्रमण गरेका छन्।

    जसमा सार्क मुलुकका १३७ पर्यटक रहेका छन् भने विदेशी १४३ पर्यटकले निकुञ्ज भ्रमण गरेका छन्।

    शनिबार, बैशाख २०, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हिमालबाट ७७ करोड रोयल्टी सङ्कलन
    १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने न्युजिल्यान्डको प्रस्ताव
    धनगढीका एक युवकको पलिया जाँदै गर्दा दुर्घटनमा मृत्यु
    • भर्खरै
    • चर्चित
    • १.
      हिमालबाट ७७ करोड रोयल्टी सङ्कलन

    • २.
      १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने न्युजिल्यान्डको प्रस्ताव

    • ३.
      धनगढीका एक युवकको पलिया जाँदै गर्दा दुर्घटनमा मृत्यु

    • ४.
      चार्जिङमा राखिएको विद्युतीय स्कुटरमा आगलागी

    • ५.
      कैलालीमा मोटरसाइकल र हायस ठोकिदा एक जनाको मृत्यु

    • ६.
      धनगढी गाउँ–जुगेडा जोड्ने सडकको एउटा खण्ड कालोपत्रे

    • ७.
      माइतीघर हिडेकी कैलालीकी लीला तीन दिनदेखि सम्पर्क विहीन

    • ८.
      कैलालीमा लागूऔषधसहित ३ जना युवक पक्राउ

    • ९.
      आज २५६९औँ बुद्धजयन्ती मनाइँदै

    • १०.
      बाजुरामा पञ्चेबाजा संरक्षणमा चासो देखाउदै युवाहरु

    • १.
      जत प्रगट भेली सिया, आजु जनकपुरमे बाजे बधैया

    • २.
      आलेले गरे लिङ्ग पुराण महायज्ञमा सबै भन्दा बढी आर्थिक सहयोग

    • ३.
      पहिलो पटक अन्तर दोहोरी साँझ “राष्ट्रिय दोहोरीगीत आइडल – २०८२” हुने

    • ४.
      महाकाली पुल आयोजनाको काम ठप्प, बस्ती जोखिममा

    • ५.
      कैलालीमा लागूऔषधसहित ३ जना युवक पक्राउ

    • ६.
      यी प्रदेशमा आज वर्षाको सम्भावना

    • ७.
      कैलालीको चुरेमा युवती करणीको आरोपमा २ जना पक्राउ

    • ८.
      स्थानीय सेवा ऐन माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना

    • ९.
      आज २५६९औँ बुद्धजयन्ती मनाइँदै

    • १०.
      भारत–पाकिस्तान युद्धविराम सहमति : सीमा वारपार ड्रोन हमला र गोलाबारी जारी रहेकाले कार्यान्वयनमा चुनौती

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.