धनगढी – कैलालीमा स्कारपियोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । आइतबार भजनी नगरपालिका–७ स्थित गणेशमान चोकमा बीएबी ४५९२ नम्बरको स्कारपियोले ठक्कर दिदा भारतीय युपी ३१ एयु ७३२० नम्बरको मोटरसाइकल चलाइरहेका २० वर्षीय कुलदीप धोवीको मृत्यु भएको हो ।
बाँकेको कोहलपुर नगरपालिका–२ का ४३ वर्षीय शेरबहादुर विश्वकर्माले चलाएको स्कारपियोले ठक्करबाट गम्भीर घाइते भएका धोवीक उपचारका क्रममा धनगढीको नवजीवन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने स्कारपियो र चालकलाई इलाका प्रहरी कार्यालय भजनीले नियन्त्रणमा लिएको छ ।