• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   सोमबार, मङि्सर ३०, २०८२ | Monday 15th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • ३ दिन अगाडि

इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
  • ३ दिन अगाडि

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
  • ६ दिन अगाडि

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
  • ६ दिन अगाडि

पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
  • ६ दिन अगाडि

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
  • ६ दिन अगाडि

नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता
  • ६ दिन अगाडि

मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
  • ६ दिन अगाडि

बालुवाको रोयल्टीमा हिनामिना
  • २ हप्ता अगाडि

Advertisement

धनगढी उपमहानगर खानेपानीको गुणस्तर परीक्षण गर्दै

  •  संवाददाता
  • सोमबार, बैशाख २२, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    धनगढी- कैलालीको धनगढी उपमहानगरपालिकाले खानेपानीको गुणस्तर परीक्षण थालेको छ।

    धनगढी क्षेत्रबाट पानीका स्रोतहरूबाट नमुना सङ्कलन गरिएको छ। पानीको गुणस्तर प्रयोगशाला परीक्षणका लागि आइतवार नमुनाहरू सङ्कलन गरिएको हो। धनगढी उपमहानगरपालिकाले बर्खा सुरु हुँदै गर्दा पानीजन्य रोगको जोखिम हुने भन्दै पानीको परीक्षण गर्दै छ। पानीजन्य रोगबाट नागरिकको स्वास्थ्य जोगाउन परीक्षण गर्न थालिएको हो।

    उपमहानगर भित्र रहेका खानेपानी निगम, संस्थान, डिपो तथा बोरिङको खानेपानी गुणस्तर परीक्षण थालिएको छ। धनगढी उप–महानगरपालिका–५ मा रहेको शिवनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाबाट पानी परीक्षण थालिएको छ। बिगतका वर्षमा धनगढीमा पानीजन्य रोग देखा परेकाले पूर्व सुरक्षाका लागि परीक्षण थालिएको बताइएको छ। सबै खानेपानी संस्थाहरूको पानी गुणस्तर परीक्षण गर्न लागिएको धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले बताए। नगरवासीलाई खानेपानीबाटै सर्ने रोगबाट बचाउनका लागि पूर्व तयारी स्वरूप हरेक खानेपानी वितरणका केन्द्रका ट्याङ्कीबाट नमुना सङ्कलन गरेर परीक्षणका लागि प्रयोगशाला पठाएको उनले बताए।

    खानेपानी ट्याङ्की र सो संस्थाबाट वितरण भएको अन्तिम बिन्दुबाट पनि पानीको नमुना सङ्कलन गरिएको छ। ‘खानेपानीको गुणस्तर परीक्षण गरिरहेका छौँ, अवस्थीले भने ‘हामीले पानीको स्वच्छता कत्तिको छ ? र पानीबाट फैलिने रोग, विशेषगरी झाडापखालाका किटाणहरू छन् की छैनन् ? पानी सामान्यतया धमिलोपन कत्तिको छ ? त्यो हेर्दैछौँ, पानी अमलियपना तथा छारियपना के छ ? त्यो पनि चेक गर्दैछौँ। हामी धनगढी उपमहानगरपालिका भित्र जतिपनि खानेपानी वितरण केन्द्रका ट्याङ्कीहरू छन्, त्यसको पानी र त्यसले वितरण गरेको अन्तिम बिन्दुमा गएरपनि नमुना परिक्षण गरिरहेका छौँ।’

    उपमहानगरपालिका भित्र वितरण भइरहेका सबै वितरण केन्द्रका ट्याङ्की र केही समुदायमा समेत गएर नमुना सङ्कलन थालिएको छ। धनगढीमा आइतवारबाट नमुना सङ्कलनको काम थालिएको हो। नमुना सङ्कलन गरेर प्रयोगशालामा परीक्षण गरेपछि पानीको अवस्थाको बारेमा जानकारी हुने छ। धनगढी उपमहानगरपालिका क्षेत्रका खानेपानीको पहुँच बाहिर रहेका बस्तीहरूबाट नल्काको पानीको समेत नमुना सङ्कलन गरिने भएको छ।

    सोमबार, बैशाख २२, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
    इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध
    सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
    • भर्खरै
    • चर्चित
    • १.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • २.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ३.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ४.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ५.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ६.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ७.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ८.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ९.
      बालुवाको रोयल्टीमा हिनामिना

    • १०.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • १.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • २.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ३.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ४.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • ५.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ६.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ७.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • ८.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.