धनगढी – कैलालीको चुरेमा युवती करणीको आरोपमा २ जना पक्राउ परेका छन् । चुरे गाउँपालिकाकी २५ वर्षीया युवती माथि जबरजस्ती करणीको आरोपमा २ जनालाई पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार मानसिक अवस्था अस्वस्थ भएकी किशोरीमाथि २ जनाले करणी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी रणबहादुर चन्दका अनुसार पीडित किशोरी गर्भवती रहेको पाइएको छ । स्वास्थ्य परीक्षणका क्रममा करिब २४ हप्ताको गर्भ रहेको पुष्टि भएपछि घटना बाहिर आएको हो ।
प्रहरीले पीडितको सुरक्षाका लागि भन्दै आरोपितहरूका नाम हाल सार्वजनिक नगरिएको बताइएको छ ।