धनगढी : कैलालीमा हावाहुरीले ढलेको रूखले लागेर गम्भीर घाइते भएका शिक्षकको मृत्यु भएको छ।
भण्डारीलाई उपचारका लागि तत्काल घोडाघोडी अस्पताल, सुखड लगिएको थियो। तर, त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि उनलाई धनगढीको माया मेट्रो अस्पताल ल्याइएको थियो। भण्डारीको उपचारका क्रममा मृत्यु भएको हो।