धनगढी- कैलालीको जिल्लाको टीकापुर नगरपालिका–१ भगरैयाका १७ वर्षीय निर्मल चौधरी कर्णाली नदीमा बेपत्ता भएका हुन्।
नेपाल प्रहरीले उनी टीकापुर नगरपालिका–२ मूलपानी क्षेत्रको कर्णाली नदीमा बेपत्ता भएका बताएको छ। चौधरी ६ जना साथीसहित कर्णाली नदीमा पौडी खेल्न गएका थिए। पौडी खेल्ने क्रममा निर्मल डुबेका हुन्।