धनगढी – बैतडीमा २ महिलामाथी धारिलो हतियार प्रहार भएको छ । पुर्चौंडी नगरपालिका–६ रपनामा शनिबार बिहान पौने १२ बजेतिर २० बर्षीय धनवीर धानुकले धारिलो स्थानीय ७० बर्षीया बिखमती धानुक र ६८ बर्षीया दुरोपती धानुक माथि धारिलो हतियार प्रहार गरेका हुन ।
घाइते बिखमतीको टाउको र दाहिने पाखुरामा चोट लागेको छ भने दुरोपती धानुकको बाँया कानमा चोट लागेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले बताए । घाइते दुवै जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको उनले बताए ।
हतियार प्रहार गर्ने धनबीर धानुकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । धानुकले धारिलो हतियार प्रहार गर्नुको कारण खुलीनसकेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बडूले बताए ।