धनगढी– कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने २ जना घाईते भएका छन । पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाको घोडाघोडी नगरपालिका–१ भालुफटामा बिहिबार बिहान साढे ३ बजे रोकिएको ट्रयाक्टरको ट्रलीमा मोटरसाईकल ठोक्किएर दुर्घटना हुँदा घोडाघोडी नगरपालिकाकै वडा नं। २ बस्ने २४ वर्षीय राधेश्याम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाईते भएका उनको उपचारका क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको बताईएको छ । इलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० रमेशदत्त अवस्थीका अनुसार से ६ प ४४३६ नम्बरको मोटरसाइकल बिग्रेर सडकमा रोकिराखेको सुदूरपश्चिम प्रदेश ०१–००२ त ५१५८ नम्बरको ट्याक्टरको ट्रलीमा ठोक्किएर दुर्घटना भएको हो ।
सो दुर्घटनाबाट मोटरसाईकलमा पछाडी सवार चौधरीको मृत्यु भएको हो भने मोटरसाइकल चालक नगरपालिकाकै वडा नं। ३ का २१ वर्षीय शङ्कर चौधरी र पछाडी सवार अर्का व्यक्ति घोडाघोडी– २ कै २२ वर्षीय अर्जुन चौधरी घाईते भएका छन । दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेकाले मोटरसाईकल चालक शङ्कर चौधरीको माया मेट्रो अस्पतालमा उपचार भैरहेको र अर्का घाईते अर्जुन चौधरीको घोडाघोडी अस्पतालमै उपचार भैरहेको प्रहरीले जनाएको छ ।