नेपालको समृद्धि र स्थायीत्वको मेरुदण्ड – प्राकृतिक वन, हाम्रा जीवनका आधार हुन्। चुरे क्षेत्रदेखि तराईसम्म फैलिएका हरियाली जंगलहरू न केवल जैविक विविधताको खानी हुन्,
बरु जलवायु सन्तुलन, भूमिको संरक्षण, जनजीवनको आधार र भविष्यको उत्तराधिकारी पनि हुन्। यही हरियालीको रक्षा, व्यवस्थापन र समुचित उपयोगको महत्त्वपूर्ण जिम्मेवारी बोकेको छ —
डिभिजन वन कार्यालय, पहलमानपुर, कैलाली। यो कार्यालय एउटा प्रशासनिक निकाय मात्र होइन, यो समुदाय, वन, वातावरण र भविष्यबीचको संवेदनशील सेतु हो।
सुदूरपश्चिम प्रदेशको वन स्रोत व्यवस्थापनमा अग्रणी यो कार्यालय अन्तर्गत १० वटा शव–डिभिजन कार्यालयहरू क्रियाशील छन्।
जसले हजारौं हेक्टर वन क्षेत्र, सयौं सामुदायिक वन उपभोक्ता समूहहरू, र लाखौं जनताको जीवनसँग प्रत्यक्ष सम्बन्ध राखेको छ ।
सबडिभिजन कार्यालयहरू पनि सक्रिय छन्।
सबडिभिजनबाट सामुदायिक वन व्यवस्थापनमा सहजीकरण,डढेलो नियन्त्रण,अवैध कटानी नियन्त्रण,नर्सरी व्यवस्थापन र बिरुवा उत्पादन लगायतका काम भइरहेका छन् ।
बरु भविष्यको सुनिश्चितता हो।“
हरियाली र जैविक विविधताको संरक्षणका लागि डिभिजन वन कार्यालय, पहलमानपुर, कैलालीले सशक्त रुपमा काम गरीरहेको छ । कार्यालयबाट प्रवाह हुने सेवा चुस्त र प्रभावकारी छ। सेवाग्राहीदेखि सामुदायिक वनका पदाधिकारीहरूसम्म, सबैले खुलेर प्रशंसा गरेका छन्।
डिभिजन वन कार्यालय पहलमानपुरले सामुदायिक वनहरूको क्षमता विकास र संरक्षणका क्षेत्रमा राम्रो काम गरेको भन्दै सामुदायिक वनका पदाधीकारी हर्षित छन् ।
जनप्रतिनिधिहरू समेत यस्ता प्रयासबाट प्रभावित छन् ।डिभिजन वन कार्यालयले स्थानिय पालीका सँग सहकार्य गर्दै संरक्षणमा जनचेतना र समन्वय अभिवृद्धि गरेको छ।
डिभिजन वन कार्यालयको पहलमा अहिले नयाँ सम्भावनाको यात्रा सुरु भएको छ –
जहाँ संरक्षण र दिगोपनलाई साथसाथै बढाइँदैछ। सामुदायिक वनहरूको सशक्तिकरण।स्थानीय तहसँग समन्वय।सचेतना र जनसहभागिता। प्रविधिमैत्री वन व्यवस्थापन लगायतका काम भइरहेका छन् ।
प्राकृतिक स्रोतको संरक्षण, सामुदायिक सहभागिता र वन व्यवस्थापनमा डिभिजन वन कार्यालय पहलमानपुरले खेलेको भूमिका साँच्चै अनुकरणीय छ। सामुदायिक वन उपभोक्ता समूहहरूसँग सहकार्य गर्दै आएको छ।“
“डिभिजन वन कार्यालयले सामुदायिक वनलाई प्राविधिक सहयोग तथा विभिन्न सचेतनामुलक कार्यक्रम गर्दै आएको छ । नर्सरी स्थापना, तालिम तथा गस्ती व्यवस्थामा सहयोग गर्दै आएको छ। त्यसकै कारण हाम्रो वन हराभरा छ।
सामुदायिक वनहरूको सुधार र संरक्षणमा डिभिजन वन कार्यालयको सक्रियता प्रशंसायोग्य रहेको भन्दै सरोकारवालाहरु प्रंसंसा गर्छन् । स्थानीय तह र डिभिजन वनको सहकार्यले स्थायी वन संरक्षण सम्भव छ। अनुगमनमार्फत सेवा गुणस्तर निरन्तर सुधार भइरहेको छ।
“वन संरक्षण केवल सरकारी जिम्मेवारी होइन, स्थानीय समुदाय पनि स्वयं संरक्षणमा जुटेका छन्, जसमा डिभिजन वन कार्यालयको साझेदारी नमूनास्वरूप देखिन्छ। कार्यालयबाट दैनिक दर्जनौं सेवाग्राहीको काम सँगै काठ निकासी, गस्ती रिपोर्ट, वन अपराध निगरानी, बिरुवा वितरण जस्ता कामहरु भइरहेका छन् ।वनको सदुपयोगबाट आयआर्जन, रोजगारी, जलवायु सन्तुलन, जैविक विविधता संरक्षणको सम्भावना अपार छ ।वनको सदुपयोगबाट आयआर्जन, रोजगारी, जलवायु सन्तुलन, जैविक विविधता संरक्षणको सम्भावना अपार छ।
“वन जीवन हो।
वनको संरक्षण, सदुपयोग र समन्वयात्मक व्यवस्थापनले मात्रै हामीले समुन्नत भविष्य सुरक्षित गर्न सक्छौँ। पहलमानपुर डिभिजन वन कार्यालयको यो यात्रा अझ हरियाली बनोस् — अझ समावेशी, जनमैत्री र दिगो।“
“जंगल अझै खतरा मुक्त छैन। अवैध चोरी कटानी, आगलागी, जनशक्ति र सवारी अभावजस्ता चुनौतीहरू अझै छन्।“
वन क्षेत्र अझै पनि केही समस्याबाट अछुतो छैन – डढेलो, चोरी कटानी, स्रोतसाधनको अभाव, जनशक्ति कमी।“ “वन क्षेत्रमा रोजगारी सिर्जना, वन पर्यटन, औषधीय वनस्पतिको व्यवसायीकरण, तालिम केन्द्र स्थापनालगायत भविष्यमुखी योजनाहरू अघि सारिएका छन्। डिभिजन वन कार्यालय पहलमानपुर प्रशासनिक निकाय मात्र होइन, यो समुदायसँगको सहकार्यको प्रतिमूर्ति हो। संरक्षण, सेवा र समृद्धिको मार्गमा उभिएको यो यात्रा अझ मजबुत बनोस्