• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   आइतबार, असार २९, २०८२ | Sunday 13th July 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

सुदूरपश्चिममा अन्तर्राष्ट्रिय सहकारी दिवस : सहकारीको समस्यादेखि सम्भावनासम्म खुला छलफल, सरकारसँग जिम्मेवार नीति र सहयोगको माग
  • १ हप्ता अगाडि

अछाममा पहिरोले सडक अवरुद्ध, एक घर जोखिममा
  • १ हप्ता अगाडि

शुक्लाफाँटामा बाख्रापालन प्रोत्साहन :साझेदारीमा खोर निर्माण
  • १ हप्ता अगाडि

सुदूरपश्चिममा नाउपाका मन्त्री बर्खास्त गर्नु असंवैधानिक : रञ्जिता श्रेष्ठ
  • १ हप्ता अगाडि

धनगढीमा पानीको खाल्डोमा डुबेर बालकको मृत्यु
  • २ हप्ता अगाडि

कञ्चनपुरमा जिपको ठक्करबाट एक जना व्यवसायीको मृत्यु
  • २ हप्ता अगाडि

४० दिन देखि डीडीसी अत्तरियाको प्रशासनिक कामकाज ठप्प
  • २ हप्ता अगाडि

धान दिवसको अवसरमा कञ्चनपुरमा विशेष रोपाइँ महोत्सव सम्पन्न
  • २ हप्ता अगाडि

डिभिजन वन कार्यालय पहलमानपुरः वन संरक्षण, सेवा र समृद्धिको यात्रा
  • २ हप्ता अगाडि

४० दिन देखि डीडीसी अत्तरियाको प्रशासनिक कामकाज ठप्प

  •  संवाददाता
  • बुधबार, असार १८, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    धनगढी– कैलालीको अत्तरियामा रहेको दुग्ध विकास संस्थान (डीडीसी) मा ४० दिन देखि प्रशासनिक कामकाज ठप्प भएको छ । डीडीसीलाई धनगढी सार्न नहुने भन्दै स्थानीयले तालाबन्दी गरेदेखि डीडीसीको आर्थिक, प्रशासनिक कामकाज ठप्प भएको हो । २०६७ सालमा अत्तरियामा स्थापना भएको डीडीसी धनगढी सार्ने सम्झौता भएको कुरा बाहिरिएपछि स्थानीयले जेठ ८ गते कार्यालय घेराउ गरेर तालाबन्दी गरेका थिए । डीडीसीका लागि आवश्यक जग्गा अत्तरियामै उपलब्ध गराउनु पर्ने माग गर्दै तालाबन्दी गरिएको भए पनि डेढ महिना पुग्न लाग्दा पनि न तालाबन्दी खुलेको छ, न डीडीसी अत्तरियामा रोक्ने सम्झौता नै हुन सकेको छ ।

    डीडीसी अत्तरियाका प्रमुख निरञ्जन भट्टराइले किसानको भुक्तानीको काम रोकिदा कारखानामा पनि असर पर्न थालेको बताए । उनले दूध सङ्कलन मात्रै गरेर बिक्री वितरण गरिरहेको भए पनि किसानको भुक्तानी गर्न नसकेका कारण कारखाना सञ्चालनमा समस्या आइरहेको बताए । उनले पुरानो र तालाबन्दी गरे यताको ७ करोड किसानको भुक्तानी गर्न बाँकी रहेको बताए ।

    तालाबन्दी खुलाउने विषयमा छलफल गरेपछि आन्दोलनरत पक्षले डीडीसी नसर्ने प्रतिबद्धता माग गरेकाले सहमति हुन नसकेको बताए । ‘तालाबन्दी खोल्ने प्रयास गरिएको हो । नगरपालिका सँग पनि कुरा गरेको हो । तर, लिखित प्रतिबद्धता माग गरिएपछि सहमति हुन सकेन’ उनले भने ‘यो प्रतिबद्धता दिने मेरो लेबलको कुरा भएन ।’

    तालाबन्दी पछि डीडीसीलाई गोदावरी क्षेत्रकै ३ वटा जग्गा उपलब्ध गराउन सक्ने प्रतिवेदन गोदावरी नगरपालिकाले डीडीसीलाई बुझाएको थियो । डीडीसीका उपमहाप्रबन्धक राजेन्द्र प्रसाद अधिकारीलाई नगरपालिकाले गोदावरी नगरपालिका – १ को वडा कार्यालय नजिक, खैराना र बास्कोटामा जग्गा भिजिट गराएर उपयुक्त जग्गा उपलब्ध गराउन सकिने भएकाले कुनै एक जग्गा छनोट गर्न भनेको थियो ।

    तर, हालसम्म डीडीसीले कुन जग्गा उपयुक्त हुन्छ भन्ने बारेमा खबर नपठाएको गोदावरी नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्टले बताए । उनले जग्गा छनोटका लागि डीडीसीले बोर्डमा प्रस्ताव राखेको खबर आए पनि कुन जग्गा लिने भन्ने बारेमा खबर नपठाएको बताए ।

    डीडीसी संरक्षण सङ्घर्ष समितिका संयोजक लोक राज पाण्डे (आगो) ले डीडीसीबाट यहाँबाट नसार्ने प्रतिबद्धता आउने बित्तिकै तालाबन्दी खुल्ने बताए । ‘डीडीसीले यहाँबाट सार्दैनौ भनेर प्रतिबद्धता दिएपछि हामी ताला खोलिदिन्छौ’ उनले भने ‘नगरपालिकाले ३ ठाउँमा जग्गा देखाएको छ । भवन पनि बनाइदिन्छौ भनेको छ । तर, पनि डीडीसीले बेवास्ता गरेका कारण हामीले तालाबन्दी यथावत् राखेका छौ ।’ उनले मंगलवार पनि जिल्ला प्रशासन कार्यालयमा ताला खोल्ने विषयमा छलफल भएको र, बुधवार सम्ममा डीडीसीबाट प्रतिबद्धता पत्र आउने आशामा आफू रहेको बताए ।

    पहिलो पटक डीडीसी सार्ने कुरा बाहिरिएपछि पुस १७ गते डीडीसी विस्तारका लागि आवश्यक जग्गा अत्तरियामै खोज्ने भन्दै गोदावरी नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्टको संयोजकत्वमा जग्गा खोज्ने कार्यदल गठन गरिएको थियो । उक्त कार्यदलले ३ ठाउँमा जग्गा खोजी गरेर प्रक्रिया अगाडि बढाएको बताए पनि डीडीसी सार्ने काम नरोकिएको भन्दै स्थानीयले जेठ ८ गते कार्यालयमा तालाबन्दी गरिएको थियो ।

    बुधबार, असार १८, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुदूरपश्चिममा अन्तर्राष्ट्रिय सहकारी दिवस : सहकारीको समस्यादेखि सम्भावनासम्म खुला छलफल, सरकारसँग जिम्मेवार नीति र सहयोगको माग
    अछाममा पहिरोले सडक अवरुद्ध, एक घर जोखिममा
    शुक्लाफाँटामा बाख्रापालन प्रोत्साहन :साझेदारीमा खोर निर्माण
    • भर्खरै
    • चर्चित
    • १.
      सुदूरपश्चिममा अन्तर्राष्ट्रिय सहकारी दिवस : सहकारीको समस्यादेखि सम्भावनासम्म खुला छलफल, सरकारसँग जिम्मेवार नीति र सहयोगको माग

    • २.
      अछाममा पहिरोले सडक अवरुद्ध, एक घर जोखिममा

    • ३.
      शुक्लाफाँटामा बाख्रापालन प्रोत्साहन :साझेदारीमा खोर निर्माण

    • ४.
      सुदूरपश्चिममा नाउपाका मन्त्री बर्खास्त गर्नु असंवैधानिक : रञ्जिता श्रेष्ठ

    • ५.
      धनगढीमा पानीको खाल्डोमा डुबेर बालकको मृत्यु

    • ६.
      कञ्चनपुरमा जिपको ठक्करबाट एक जना व्यवसायीको मृत्यु

    • ७.
      ४० दिन देखि डीडीसी अत्तरियाको प्रशासनिक कामकाज ठप्प

    • ८.
      धान दिवसको अवसरमा कञ्चनपुरमा विशेष रोपाइँ महोत्सव सम्पन्न

    • ९.
      डिभिजन वन कार्यालय पहलमानपुरः वन संरक्षण, सेवा र समृद्धिको यात्रा

    • १०.
      मुग्लिन–मलेखु सडक खण्डमा आजदेखि रातिको समयमा गाडी आवागमन नरोकिने

    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.