• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   मङ्गलबार, पुष २९, २०८२ | Tuesday 13th January 2026
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
  • ६ दिन अगाडि

शर्मा पुरस्कृत
  • १ हप्ता अगाडि

सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
  • १ हप्ता अगाडि

एमालेबाट सूर्य ढकाल सिफारिस
  • १ हप्ता अगाडि

नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?
  • २ हप्ता अगाडि

स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया
  • २ हप्ता अगाडि

“मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”
  • ३ हप्ता अगाडि

विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना
  • ३ हप्ता अगाडि

२२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ
  • १ महिना अगाडि

Advertisement

सुदूरपश्चिममा अन्तर्राष्ट्रिय सहकारी दिवस : सहकारीको समस्यादेखि सम्भावनासम्म खुला छलफल, सरकारसँग जिम्मेवार नीति र सहयोगको माग

  •  संवाददाता
  • शनिबार, असार २१, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    धनगढी- जुलाई महिनाको पहिलो शनिवार विश्वभर मनाइने अन्तर्राष्ट्रिय सहकारी दिवस सुदूरपश्चिम प्रदेशमा पनि उत्साहपूर्वक र भव्य रूपमा मनाइएको छ।
    धनगढीस्थित सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयको आयोजनामा सम्पन्न कार्यक्रममा सहकारी क्षेत्रका उपलब्धि, समस्या, चुनौती र भविष्यका सम्भावनाहरूबारे विस्तृत समीक्षा र अन्तरक्रिया गरिएको हो।
    कार्यक्रममा विभिन्न सहकारी संस्थाहरूले आफ्नो अनुभव, सफलताको कथा, समस्या र सुधारका सुझावहरू प्रस्तुत गरेका थिए । उनीहरूले सहकारी क्षेत्रलाई थप मजबुत बनाउन नीतिगत स्पष्टता, आर्थिक सहयोग, प्रविधिमा पहुँच, र जनशक्ति विकासमा ध्यान दिनुपर्नेमा जोड दिए।

    कार्यक्रममा सहकारी क्षेत्रको वार्षिक समीक्षा रिपोर्ट प्रस्तुत गरिएको थियो । त्यसपछि भएको खुला छलफलमा सहकारकर्मी, सरोकारवाला, सङ्घसंस्थाका प्रतिनिधिहरूले दिगोपन, पारदर्शिता, बजेटको अभाव, सूचना प्रविधिको उपयोग, दक्ष जनशक्तिको आवश्यकतालगायत विषयहरू उठाएका थिए ।

    सहकारीहरूको विश्वसनीयता र दीर्घकालीन सफलताका लागि सबै पक्षको साझा प्रयास आवश्यक रहेको सहकारीकर्मीहरुको धारणा रहेको थियो ।
    प्रदेश बचत तथा ऋण सहकारी सङ्घ सुदूरपश्चिमका अध्यक्ष माधव जोशीले सहकारकर्मीहरूलाई अझ लगनशील र प्रतिबद्ध भएर काम गर्न आग्रह गर्नुभयो ।

    कार्यक्रममा बोल्दै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीर बहादुर थापाले सहकारी क्षेत्रमा अपार सम्भावना रहेको बताउनु भयो । सहकारी प्रवर्द्धनका लागि आफ्नो तर्फबाट सक्दो काम गरिरहेको भए पनि प्रदेश सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्रीबाट सहकारी क्षेत्रमा आवश्यक बजेट र नीतिगत सहयोग प्राप्त गर्न कठिनाइ भइरहेको गुनासो गर्नुभयो ।

     


    सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालय धनगढीका रजिस्ट्रार भुवन जोशीले सहकारीहरूको सशक्तीकरण र व्यवस्थापन सुधारका लागि कार्यालय सधैँ साथमा रहेको बताउनु भयो ।

    “सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सबै पक्षको हातेमालो जरुरी रहेको बताउँदै रजिस्ट्रार जोशीले सहकारीप्रति मन्त्रालयको सकारात्मक दृष्टिकोण रहेकाले आगामी दिनमा सहकारी मैत्री थप कार्यक्रम ल्याइने प्रतिबद्धता जनाउनुभयो ।


    १०३ औँ अन्तर्राष्ट्रिय सहकारी दिवसको यो विशेष अवसरले सुदूरपश्चिम प्रदेशमा सहकारीको वास्तविक अवस्था प्रस्तुत गर्नुका साथै भविष्य निर्माणको स्पष्ट बाटो देखाएको सहभागीहरूको निष्कर्ष थियो।
    कार्यक्रममा सहकारकर्मीहरूको उत्साहजनक सहभागिता, साझा धारणा, र सहकार्यको भावना देखिएको थियो। कार्यक्रमको सञ्चालन नेप्सकोनकी सञ्चालिका दीप्ति शाहीले गर्नुभएको थियो ।

     

    शनिबार, असार २१, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत
    शर्मा पुरस्कृत
    सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण
    • भर्खरै
    • चर्चित
    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    • २.
      शर्मा पुरस्कृत

    • ३.
      सञ्चारमन्त्री खरेलद्वारा रासस तालिम केन्द्र निरीक्षण

    • ४.
      एमालेबाट सूर्य ढकाल सिफारिस

    • ५.
      नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा सुदूरपश्चिमका को–को परे ?

    • ६.
      स्थानीय तहको सभा सञ्चालनमा ‘डेमो’ अभ्यास,अधिकृतहरूले सिके सभा सञ्चालनका कानुनी प्रक्रिया

    • ७.
      “मुक्त हलिया, कमैया र कम्लहरीको घाउमा मलम लगाउँदै सुदूरपश्चिम सरकार: एकीकृत भूमि नीति अन्तिम चरणमा”

    • ८.
      विश्व ध्यान दिवसको अवसरमा नोभा अस्पतालमा विशेष मेडिटेसन कार्यक्रम आयोजना

    • ९.
      २२ मुद्दाका फरार युवक ठमेलबाट १० लाखसहित पक्राउ

    • १०.
      इजरायली विद्यालयमा मोबाइल फोन चलाउन प्रतिबन्ध

    • १.
      बैतडीको सुर्नयाबाट धनगढी अब ७ सयमै,ईभी गाडी सञ्चालनले यात्रुलाई ठूलो राहत

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2026 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.