जविरुद्धको ऐतिहासिक सिरिज (युनिटी कप) अन्तर्गत दोस्रो खेलमा आदिल आलम प्लेइङ -११ मा अटाएका छन् ।
नेपालका मुख्य प्रशिक्षक स्टुआर्ट लले आदिललाई समेट्दै प्लेइङ -११ सार्वजनिक गरेका हुन् ।
आदिलले नन्दन यादवलाई रिप्लेस गर्दै टोलीमा परेका हुन् ।
नन्दन घाइते हुँदा पहिलो खेलमा एक ओभर मात्र बलिङ गरेका थिए । टोलीमा अरु परिवर्तन गरिएको छैन ।
नेपालका प्रमुख स्पीनर सन्दीप लामिछाने यो खेलमा पनि प्लेइङ – ११ मा अटाएका छैनन् । उनी पहिलो खेलमा पनि प्लेइङ -११ मा थिएनन् ।
प्लेइङ ११
रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आसिफ सेख, करण केसी, आदिल आलम, ललित नारायण राजवंशी, गुलशन झा र सोमपाल कामी ।


