• समाचार
  • राजनीति
  • पालीका
  • समाज
  • आर्थिक दैनिक
  • सुदूरपश्चिम प्रदेश
    • कैलाली
    • कंचनपुर
    • डोटी
    • अछाम
    • दार्चुला
    • डडेलधुरा
    • बाजुरा
    • बैतडी
    • बझाङ
  • खेलकुद
  • जीवनशैली
  • भिडियो
  • थप
    • रङ्गमन्च
    • प्रविधि
    • साहित्य
    • विज्ञान प्रविधि
    • रोचक
    • राशिफल
    • जीवन रंग
    • दैनिक कथा
    • फिचर
    • सफल जीवन
×
   बुधबार, मङि्सर २५, २०८२ | Wednesday 10th December 2025
☰
    • समाचार
    • राजनीति
    • पालीका
    • समाज
    • आर्थिक दैनिक
    • सुदूरपश्चिम प्रदेश
      • कैलाली
      • कंचनपुर
      • डोटी
      • अछाम
      • दार्चुला
      • डडेलधुरा
      • बाजुरा
      • बैतडी
      • बझाङ
    • खेलकुद
    • जीवनशैली
    • भिडियो
    • थप
      • रङ्गमन्च
      • प्रविधि
      • साहित्य
      • विज्ञान प्रविधि
      • रोचक
      • राशिफल
      • जीवन रंग
      • दैनिक कथा
      • फिचर
      • सफल जीवन
  • ताजा

ताजा अपडेट

सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
  • १ दिन अगाडि

महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
  • १ दिन अगाडि

पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
  • १ दिन अगाडि

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य
  • १ दिन अगाडि

नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता
  • १ दिन अगाडि

मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई
  • १ दिन अगाडि

बालुवाको रोयल्टीमा हिनामिना
  • ६ दिन अगाडि

बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण
  • ६ दिन अगाडि

बिनाशुल्क काम गर्छन् भलमनसा
  • ६ दिन अगाडि

Advertisement

दुर्गम गाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण

  •  संवाददाता
  • शनिबार, कार्तिक ३०, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    बाजुरा, कात्तिक २९ गते । जिल्लाको पूर्विउत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाका दुर्गम गाउँ बस्तीमा सुविधा सम्पन्न स्वास्थ्यचौकी निर्माणण यहाँका स्थानीयलाई सेवा लिन सहज भएको छ ।

    हिमाली गाउँपालिका –६ धुलाचौरमा पहिला राम्रो स्वास्थ्य भवन नहुँदा यहाँ उपचार गर्न आउने दुर्गमका बिरामीहरुलाई स्वास्थ्यकर्मीलाई उपचार गर्न निकै असहज हुने गरेको थियो ।

    यती बेला विकट क्षेत्रमा रहेका यो ठाउँमा सुविधा सम्पन्न स्वास्थ्य भवन निर्माण भएपछि अहिले यहाँका स्वास्थ्यकर्मीलाई स्थानीयहरुलाई राम्रोसँग स्वास्थ्य सेवा दिन निकै सहज भएको छ ।

    पहिला सामान्य बिरामी हुँदा हामीलाई उपचार गर्नका लागि कोल्टी जानु पर्थ्यो । त्यहाँ जाँदा निकै समस्या हुन्थ्यो । अहिले धुलाचौरमै राम्रो सुविधा सम्पन्न स्वास्थ्य संस्थाको भवन निर्माण भएपछि यती बेलामा भने उपचारमा निकै सहज भएको हिमाली गाउँपालिका –६ का रामबहादुर रावतले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “पहिला राम्रो भवन नहुँदा यहाँका गर्भवती महिलाहरुलाई पनि सुत्केरी गराउँन असहज हुने गर्थ्यो । यहाँका अधिकांश गर्भवती महिला सुत्केरी गराउँनका लागि दुई चार घण्टाको पैदल हिडेर कोल्टीमा लानु पर्थ्यो । कोही महिलाहरु ढिला हुँदा बिचबाटोमै सुत्केरी हुने गर्थ्ये । ”

    अहिले गाउँमै यहाँको स्वास्थ्य चौकीमा राम्रो र सुविधा सम्पन्न भवन निर्माण भएपछि ती गर्भवती महिलाहरुका लागि समेत सुत्केरी हुन निकै सहज भएको रावतले बताउनुभयो ।

    धुलाचौर स्वास्थ्यचौकीमा सुविधा सम्पन्न नयाँ भवन निर्माण भएपछि अहिले यहाँ आउने गरेका सबै बिरामीहरुलाई राम्रोसँग सेवा दिन निकै सहज भएको धुलाचौर स्वास्थ्यचौकीका स्वास्थ्य प्रमुख लक्ष्मणबहादुर विष्टले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “पहिला सानो कर्कटपाताले निर्माण गरेको सानो भवन थियो । त्यसैमा बिरामीहरुको उपचार गर्दा हामीलाई निकै असहज हुने गर्थ्यो ।”

    अहिले तीन तलाको सुविधा सम्पन्न नयाँ स्वास्थ्यको भवन निर्माण भएको छ । त्यसमा र्याम सहितको व्यवस्था छ । अहिले ह्वीलचियरमा राखेर बिरामीहरुलाई माथिल्लो तलासम्म लान सकिन्छ । अहिले यो भवन निर्माण भएपछि हामीलाई जुन सुकै खालका बिरामीहरुलाई समेत स्वास्थ्य सेवा प्रवाह गर्न निकै सहज भएको विष्टले बताउनुभयो ।

    आर्थिक वर्ष २०८०/८१ मा पालिका र सङ्घीय सरकारको दुई करोडभन्दा बढि लगानीमा निर्माण गरिएको यो भवन २०८२ असारमा सम्पन्न गरिएको थियो ।

    भवन निर्माणको काम सम्पन्न भएसँगै अहिले यसै भवन देखि सबै प्रकारका सेवा दिने गरेको छ । अहिले यहाँ आउने गरेका सबै प्रकारका बिरामीहरुलाई उपचार सेवा लिन समेत निकै सहज भएको छ ।

    बिरामीहरुलाई उपचार गर्नका लागि आउने गरेको सहयोगि समेत बस्नको समेत राम्रो व्यवस्था छ । जिल्लाकै एक दुर्गम पालिकाको रुपमा रहेको हिमाली गाउँपालिकाले पछिल्लो समय स्वास्थ्य क्षेत्रमा निकै फड्को मार्दै आएको छ ।

    यहाँका गाउँ बस्तीमा रहेका सबै स्वास्थ्य संस्थाका भवन समेत राम्रो सुविधा सम्पन्न रहेका छन् । हिमाली गाउँपालिकाले यहाँका प्रत्येक वडामा रहेका आधारभूत स्वास्थ्य संस्थाको भवन निर्माण कार्यमा निकै जोड दिँदै आएपछि अहिले यहाँका स्वास्थ्य संस्थाका भवन नयाँ र सुविधा सम्पन्न बन्दै गएका छन् ।

    धुलाचौर स्वास्थ्यचौकीमा प्राय पालिका भरीका स्थानीयहरु उपचारका लागि आउने गरेकाले हामीले उनीहरुलाई राम्रो स्वास्थ्य सेवा प्रवाह गर्ने गरी पछिल्लो समय स्वास्थ्यमा लगानी गर्दै आएको हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “गत आर्थिक वर्षमा पालिकाको एक करोड र सङ्घीय सरकारको एक करोड गरी दुई करोडमा धुलाचौर स्वास्थ्य चौकीको सुविधा सम्पन्न स्वास्थ्य चौकी नयाँ भवन निर्माण गरेको हो ।”

    पहिला यहाँ राम्रो खाले स्वास्थ्यको भवन नहुँदा यहाँ आउने गरेका बिरामीहरुलाई उपचार गर्न स्वास्थ्यकर्मीहरुलाई निकै समस्या हुने गरेको थियो । अहिले यहाँ सुविधा सम्पन्न स्वास्थ्यको नयाँ भवन निर्माण गरिसकेपछि यती बेला बिरामीहरुलाई सेवा प्रवाहमा निकै सहज भएको अध्यक्ष मल्लले बताउनुभयो ।

    शनिबार, कार्तिक ३०, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की
    महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी
    पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान
    • भर्खरै
    • चर्चित
    • १.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    • २.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • ३.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ४.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ५.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ६.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ७.
      बालुवाको रोयल्टीमा हिनामिना

    • ८.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ९.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • १०.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • १.
      एनआईसी एशिया बैंकले नेपालपे कार्ड जारी गर्ने

    • २.
      बाजुरामा ७ नयाँ मतदानस्थल थपिए, ६ स्थानान्तरण

    • ३.
      बिनाशुल्क काम गर्छन् भलमनसा

    • ४.
      बालुवाको रोयल्टीमा हिनामिना

    • ५.
      मानेभन्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

    • ६.
      नेपाल बैंक र पाटन हेल्थ ल्याब बिच सम्झौता

    • ७.
      पोखरा विमानस्थल प्रकरण : थप तीन विषयमा अनुसन्धान

    • ८.
      कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य

    • ९.
      महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी

    • १०.
      सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छ : प्रधानमन्त्री कार्की

    Advertisement
    Advertisement

    सम्पर्क

    Safalata Agency Pvt Ltd

    सत्य समाचार र तथ्य बिश्लेष्ण सँगै मनोरञ्जनको हब हो दैनिक जीवन । हाम्रो समाज वरिपरिका दैनिक जीवनका घटनाक्रम समेटिने छन् यहाँ । खोज मूलक समाचार र फिचर स्टोरीमा हामी जोड दिन्छौँ । सबै समाचार एकैठाउँमा,निरन्तर हेर्नुहोस् दैनिक जीवन डटकम ।

    धनागढ़ी ,कैलाली नेपाल

    सूचना बिभाग दर्ता नं.

    -------

    सम्पर्क

    ९८०१७०१६३४ ,९८६३०९४१६८

    ई–मेल

    dainik.jiban@gmail.com

    हाम्रो टीम

    प्रकाशक जीवन बिष्ट
    सम्पादक सागर पन्त
    डेस्क अनु कोइराला
    रिपोर्टर करन ताम्राकार पदम भट्ट

    सामाजीक संजालमा हामी

    Like us on Facebook

    Follow us on Twitter

    Subscribe YouTube Channel

    Follow us on Instagram

    Follow us on Google+

    Copyright ©2025 Dainik Jiban | All rights Reserved.
     Website By :  nTech.